कतारस्थित नेपाली दूतावासको आग्रह : साउदीका विमानस्थल हुँदै अपोइन्टमेन्ट बुक गर्नू
शनिबार, ३० फागुन २०८२, १६ : ११
सारांश
- कतार आईडी भएका नेपालीले साउदी हुँदै नेपाल जान दोहास्थित केन्द्रमार्फत पर्यटक भिसा लिनुपर्नेछ।
- दूतावासले जारी गरेको सूचनाअनुसार, यो व्यवस्था पश्चिम एसियाको परिस्थितिका कारण गरिएको हो।
- भिसाका लागि एजदान मलमा रहेको केन्द्रमा सम्पर्क गर्न सकिनेछ, जसको फोन नम्बर ५०६६०६२२ हो।
काठमाडौँ । कतारमा वैध आवासीय अनुमतिपत्र (कतार आईडी) सहित बसोबास गरिरहेका र साउदी अरबका विमानस्थलहरू हुँदै नेपाल यात्रा गर्न चाहने नेपालीलाई दोहास्थित तासिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसा आवेदनका लागि अपोइन्टमेन्ट बुक गर्न अनुरोध गरिएको छ ।
पश्चिम एसियाको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै दोहास्थित नेपाली राजदूतावासले शनिबार एक विशेष सूचना जारी गर्दै यो जानकारी दिएको हो । दूतावासको अनुरोध–५ अनुसार साउदी अरब हुँदै नेपाल यात्रा गर्नेहरूका लागि आवश्यक पर्ने पर्यटक भिसा आवेदन अब तासिर साउदी भिसा सेवा केन्द्रमार्फत पेस गर्नुपर्नेछ ।
उक्त भिसा सेवा केन्द्र एजदान मल (अल घराफा) मा अवस्थित छ । थप जानकारीका लागि आवेदकहरूले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
-
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण