मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्युतीय कारोबार ऐन उल्लंघन गरी फरार रहेका एक जना पक्राउ

शनिबार, ३० फागुन २०८२, १६ : ४९
शनिबार, ३० फागुन २०८२

सारांश

  • सुकेधाराबाट विद्युतीय कारोबार ऐन अन्तर्गत फरार एक व्यक्ति पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा झापाका रविरत्न चुडाल रहेका छन्, जो विद्युतीय माध्यमको दुरुपयोगमा फरार थिए।
  • प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि धरान पठायो।

काठमाडौँ । काठमाडौँको सुकेधारामा लुकिछिपी बसिरहेका विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–४ सुकेधारा बस्ने ४३ वर्षीय रविरत्न चुडाल रहेका छन्। 

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले बिहीबार सुकेधारा क्षेत्रबाटै पक्राउ गर्न सफल भएको हो।

विद्युतीय माध्यमको दुरुपयोग गरी कानुन विपरीतको कार्य गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दर्ता भएपछि उनी फरार रहँदै आएका थिए। 

प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेकोमा सूचनाका आधारमा उनलाई काठमाडौँमा फेला पारिएको हो। पक्राउ परेका चुडाललाई आवश्यक कानुनी अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाउनका लागि इलाका प्रहरी कार्यालय धरान, सुनसरी पठाइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप