मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
प्रिमियर लिग

न्यूक्यासलसँग चेल्सी पराजित

आइतबार, ०१ चैत २०८२, ०३ : ११
आइतबार, ०१ चैत २०८२

सारांश

  • शनिबार राति भएको प्रिमियर लिग खेलमा न्युकासलले चेल्सीलाई १-० गोलले हरायो।
  • खेलमा न्युकासलका एन्थोनी गोर्डनले १८औं मिनेटमा निर्णायक गोल गरे।
  • चेल्सीले गोल फर्काउने प्रयास गरे पनि सफल भएन, न्युकासलले महत्त्वपूर्ण ३ अंक जोड्यो।

काठमाडौँ ।  शनिबार राति भएको प्रिमियर लिगको खेलमा न्यूक्यासल युनाइटेडले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

खेलमा न्यूक्यासलका लागि एन्थोनी गोर्डनले गरेको सुरुवाती गोल नै निर्णायक सावित भयो । गोर्डनले खेलको १८ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछिको समयमा चेल्सीले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । खेलको निर्धारित समयसम्म चेल्सीले कुनै गोल गर्न नसकेपछि न्यूक्यासलले १–० को जित निकाल्दै महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भएको छ ।

त्यस्तै हिजै भएकाे अर्काे खेलममा आर्सनल विजयी भएकाे छ । आर्सनले एर्भटनलाई २–० गाेल अन्तरले पराजित गरेकाे हाे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप