राहुल द्रविड र रोजर बिन्नीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, शुभमन र स्मृति सर्वोत्कृष्ट क्रिकेटर
सारांश
- बीसीसीआईले राहुल द्रविड र रोजर बिन्नीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्यो।
- शुभमन गिल र स्मृति मन्धानाले उत्कृष्ट अन्तर्राष्ट्रिय क्रिकेटरको अवार्ड जिते, जबकि दीप्ती शर्माले सर्वाधिक विकेट लिइन्।
- मुम्बई क्रिकेट एसोसिएसनले उत्कृष्ट घरेलु टोलीको पुरस्कार जित्यो, र भारतका आईसीसी ट्रफी विजेता टोलीहरू सम्मानित भए।
नयाँ दिल्ली । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले क्रिकेटमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै दिग्गज खेलाडीहरूलाई विभिन्न श्रेणीमा सम्मानित गरेको छ।
आइतबार दिल्लीमा आयोजना हुने विशेष समारोहमा पूर्व कप्तान तथा प्रशिक्षक राहुल द्रविड र रोजर बिन्नीलाई प्रतिष्ठित कर्नल सीके नायडू लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको हो। महिला क्रिकेटतर्फ भने भारतीय महिला क्रिकेटलाई विश्वस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेकी मिताली राजले यो सम्मान प्राप्त गरेकी छन्।
सन् २०२४–२५ को सिजनका लागि पुरुषतर्फ शुभमन गिलले दोस्रो पटक पोली उम्रीगर अर्थात् सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय क्रिकेटरको अवार्ड जितेका छन्। महिलातर्फ भने स्मृति मन्धानाले आफ्नो करियरमा पाँचौँ पटक सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय क्रिकेटरको उपाधि चुमेर कीर्तिमान कायम गरेकी छन्। स्मृतिले यो सिजन एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको अवार्ड पनि हात पारिन् भने दीप्ती शर्मा सर्वाधिक विकेट लिने खेलाडी बनिन्।
घरेलु क्रिकेटतर्फको प्रदर्शनमा पनि बीसीसीआईले विशेष ध्यान दिएको छ। हरियाणाकी शेफाली वर्माले सिनियर र मुम्बईकी इरा जाधवलाई जुनियरतर्फको उत्कृष्ट महिला क्रिकेटरको अवार्ड दिइएको छ। मुम्बईकै आयुष म्हात्रेले घरेलु सीमित ओभरको खेलमा उत्कृष्ट अलराउन्डरको उपाधि पाउँदा विदर्भका हर्ष दुबेले रणजी ट्रफीको उत्कृष्ट अलराउन्डर र सर्वाधिक विकेट लिने खेलाडीको दोहोरो सम्मान पाएका छन्। चार उपाधि जितेर उत्कृष्ट प्रदर्शन गरेको मुम्बई क्रिकेट एसोसिएसनले यस वर्षको उत्कृष्ट घरेलु टोलीको पुरस्कार प्राप्त गरेको छ।
यस पटकको अवार्ड समारोहको मुख्य आकर्षण भारतका पाँचवटा आईसीसी ट्रफी विजेता टोलीहरूको सम्मान रहेको छ। सन् २०२५ को च्याम्पियन्स ट्रफी र २०२६ को टी–२० विश्वकप जितेको पुरुष टोली, २०२५ को एकदिवसीय विश्वकप जितेको महिला टोली तथा यु–१९ विश्वकप जित्ने पुरुष र महिला दुवै टोलीलाई एकैसाथ मञ्चमा सम्मानित गरिनेछ। भारतीय क्रिकेटको इतिहासमा यसलाई स्वर्ण युगको रूपमा व्याख्या गरिएको छ।
अन्य विधामा हर्षित राणा र एन श्री चरणीले क्रमशः पुरुष र महिलातर्फको उत्कृष्ट अन्तर्राष्ट्रिय डेब्युटेन्ट अवार्ड जितेका छन्। रणजी ट्रफीको एलिट समूहमा विदर्भका यश राठौर सर्वाधिक रन बनाउने खेलाडी घोषित भए। घरेलु क्रिकेटका उत्कृष्ट अम्पायरको अवार्ड भने विदर्भका उल्हास गान्धेले प्राप्त गरेका छन्। विभिन्न उमेर समूहका प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्ने यशबर्धन सिंह, किशान सरकार, शान्तनु सिंह र नित्या पाण्ड्या जस्ता युवा प्रतिभाहरूलाई पनि उनीहरूको सफलताका लागि पुरस्कृत गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण