११ औँ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु, प्रधानसेनापति सिग्देलले गरे उद्घाटन
सारांश
- रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा 'उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम' सुरु भएको छ।
- शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा प्रधानसेनापति अशोक राज सिग्देलले तालिमको उद्घाटन गरे।
- चैत १८ सम्म चल्ने तालिममा विभिन्न निकायका ३० जना सहभागी छन्, जसको उद्देश्य राष्ट्रिय सुरक्षाबारे साझा बुझाइ बनाउनु हो।
काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा ‘उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम’ सुरु भएको छ ।
आइतबारदेखि ११औँ संस्करण सुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित समारोहकाबिच प्रधानसेनापति अशोक राज सिग्देलले तालिम उद्घाटन गरे।
तालिमको उद्घाटन समारोहमा रक्षा सचिव केदारनाथ शर्माले राष्ट्रिय सुरक्षाको महत्त्व र आवश्यकताका बारेमा प्रकाश परेका छन्न । यस्ता उच्चस्तरीय तालिमले राष्ट्रिय सुरक्षाका चुनौतीहरूलाई बुझ्न र समाधानका उपायहरू पहिल्याउन मद्दत पुग्ने सचिव शर्माको भनाइ छ ।
चैत १८ सम्म सञ्चालन हुने तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चार माध्यम, नेपाली सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका ३० जना प्रशिक्षार्थीहरू सहभागी छन् । २०७२ देखी सुरु भएको तालिमबाट अहिलेसम्म २५२ जना प्रशिक्षित भएका छन्।
तालिमको मुख्य उद्देश्य राष्ट्रिय सुरक्षाका सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरूबिच साझा बुझाइ र धारणाको विकास गर्नु रहेको सेनाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण