सर्लाहीमा नांगो बनाएर युवकमाथि निर्घात कुटपिट, एक जना पक्राउ
सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका वडा नम्बर १०, चमेलीमाई पछाडि रहेको एक फन पार्कमा गत फागुन २३ गते एक व्यक्तिलाई नांगो बनाई अमानवीय ढंगले कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
घटना फागुन २३ गते अपराह्न करिब ४ बजेको हो । चक्रघट्टा गाउँपालिका–९ बस्ने १९ को प्रमित कुमार यादवमाथि एउटा समूहले नांगै बनाएर निर्घात कुटपिट गरेको थियो ।
घटनापछि फागुन २९ गते राजेन कुमार यादवले रोहित कुमार यादवसमेतविरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार र कुटपिट अंगभंग मुद्दामा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए ।यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
उक्त भिडियोमा समूहका एक जना ती युवक (प्रमित) माथि चिर्पट लिएर झम्टिएका देखिन्छन् भने अर्का एक जनाले भने चिर्पटै चिर्पटले प्रमितमाथि लगातार हिर्काएको देखिन्छ । कुटाइ खाएका प्रमित भने 'बाबु हो बाबु' भन्दै आत्तिँदै गरेको भिडियोमा सुनिन्छ । कुटपिटमा केही व्यक्ति संलग्न भए पनि त्यहाँ रहेका अन्य उनलाई जोगाउन अघि सर्दैनन् ।
जाहेरी परेको सोही दिन अर्थात् फागुन २९ गते प्रतिवादीमध्ये रोहित कुमार यादवलाई प्रहरीले पक्राउ गर्न सफल भयो । पक्राउ परेका रोहितलाई जिल्ला अदालतबाट फागुन २९ गतेदेखि लागु हुने गरी ५ दिनको म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको कारणबारे थाहा नभए पनि गालीगलौज नै झगडाको मुख्य विषय भएको बुझिएको छ । यस घटनामा संलग्न अन्य प्रतिवादीहरूको भने खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ । घटनाको विस्तृत तथ्यहरू पछि जानकारी गराइने सर्लाही प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण