समानुपातिकतर्फ श्रम संस्कृति पार्टीका सांसदको औसत भोट सर्वाधिक, राप्रपाको सबैभन्दा कम
सारांश
- निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नामावली सार्वजनिक गरेको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, र अन्य दलहरूले सिट प्राप्त गरेका छन्।
- श्रम संस्कृति पार्टीका सांसदको औसत मत अन्यको तुलनामा बढी र राप्रपाको कम रहेको देखिन्छ।
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ निर्वाचित हुने ११० सांसदको नामावली सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनिक गरेको सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिस्ट पार्टीका ९, श्रम संस्कृति पार्टीका ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ जना सांसद समानुपातिकतर्फ निर्वाचित भएको उल्लेख छ ।
यी दलले समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा श्रम संस्कृति पार्टीबाट समानुपातिकतर्फ निर्वाचित सांसदको औसत मत अन्य दलको तुलनामा बढी छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको औसत मत सबैभन्दा कम छ ।
समानुपातिकतर्फ चौथो स्थानमा रहेको श्रम संस्कृति पार्टीले जम्मा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको थियो । उक्त दलले समानुपातिकमा चार जना सांसद पाएको छ । यस आधारमा श्रम संस्कृति पार्टीका प्रत्येक समानुपातिक सांसदको मत औसतमा ९६ हजार ४७५.५ हुन जान्छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ ३ लाख ३० हजार ६८४ मत प्राप्त गरेको थियो । यो पार्टीले पनि समानुपातिकतर्फ चार सांसद पाएको छ । यस आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रत्येक समानुपातिक सांसदको औसत मत ८२ हजार ६७१ हुन जान्छ ।
समानुपातिकतर्फ शीर्ष स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जम्मा ५७ सांसद पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ कुल ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गरेको थियो । यस आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्येक समानुपातिक सांसदको औसत मत ९० हजार ९३८.४७ हुन जान्छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले समानुपातिकतर्फ कुल मत १७ लाख ५९ हजार १७२ पाउँदा २० सांसद निर्वाचित भएका छन् । यस आधारमा नेपाली कांग्रेसका प्रत्येक समानुपातिक सांसदको औसत मत ८७ हजार ९५८.६ हुन जान्छ ।
यसैगरी नेकपा एमाले समानुपातिकतर्फ १४ लाख ५५ हजार ८८५ मतसहित तेस्रो स्थानमा छ । एमालेबाट समानुपातिकतर्फ १६ सांसद निर्वाचित भएका छन् । यस आधारमा एमालेका प्रत्येक सांसदको औसत मत ९० हजार ९९२.८१ हुन जान्छ ।
चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ जम्मा ८ लाख ११ हजार ५७७ मत प्राप्त गर्दा ९ जना सांसद निर्वाचित भएका छन् । यस आधारमा नेपाली कम्युनिस्ट पार्टीका प्रत्येक सांसदको औसत मत ९० हजार १७५.२२ हुन जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण