स्थानीयबिच कुटाकुट हुँदा ३५ वर्षीय पुरुषको मृत्यु
बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय ४५ वर्षीय धनबहादुर महतरा र उनका छोरा १८ वर्षीय हेमराजको कुटाइबाट स्थानीय ३५ वर्षीय सर्वाश बुढाको मृत्यु भएको अस्थायी प्रहरी चौकी मुक्तिकोटका प्रहरी सहायक निरीक्षक रवीन्द्र धामीले जानकारी दिए ।
उनकाअनुसार महतरा र बुढाबीच पुरानै विवाद थियो । आज साँझ ६ः०० बजेतिर झगडा सुरु भएको र झगडामा कुटाकुट हुँदा महतराका बाबुछोराले ढुङ्गाले टाउकोमा हान्दा बुढाको घटनास्थलमै मृत्यु भएको हो ।
बेलुकी ६ः ३० बजे बुढालाई ढुङ्गाले हानेर मृत्यु भएको र घटना घटेको एक घण्टापछि अर्थात् ७ः ३० बजे अस्थायी प्रहरी चौकी मुक्तिकोटमा जानकारी प्राप्त भएको प्रहरी सहायक निरीक्षक धामीले बताए ।
खबरपछि प्रहरी सहायक निरीक्षकको टोली पुगेर पीडक धनबहादुर महतरालाई नियन्त्रणमा लिएको र उनका छोरा हेमराज भने फरार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइहरको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण