बगदादस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेट प्रहार
सारांश
- बगदादस्थित अमेरिकी दूतावासमाथि ड्रोन र रकेट आक्रमण भएको छ, जुन इरान-इजरायल युद्धपछिको सबैभन्दा ठूलो हमला हो।
- आक्रमण हुनुअघि दूतावासले अमेरिकी नागरिकलाई सुरक्षा सतर्कता जारी गरेको थियो, जसमा इराननिकट समूहको आक्रमणको चेतावनी थियो।
- इरान र अमेरिकाबीचको बढ्दो तनावका कारण इराकमा आक्रमण भएको हो, जसले पश्चिम एसियाको सुरक्षा अवस्था थप जटिल बनाएको छ।
बगदाद । इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमाथि मंगलबार बिहानै शृङ्खलाबद्ध ड्रोन र रकेट आक्रमण भएको छ। समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार इरान र इजरायलबिच युद्ध सुरु भएयताकै यो सबैभन्दा तीव्र र भयानक हमला हो। इराकी सुरक्षा स्रोतहरूले यसलाई अहिलेसम्मकै सबैभन्दा भीषण आक्रमणको रूपमा चित्रण गरेका छन्।
आक्रमण हुनुभन्दा करिब ६ घण्टाअघि मात्रै दूतावासले इराकमा रहेका अमेरिकी नागरिकहरूका लागि नयाँ सुरक्षा सतर्कता जारी गरेको थियो। उक्त चेतावनीमा इराननिकट सशस्त्र समूहहरूले बगदादको अति सुरक्षित मानिने इन्टरनेशनल जोनमा बारम्बार आक्रमण गर्न सक्ने उल्लेख गरिएको थियो। नभन्दै, केही घण्टामै दर्जनौँ रकेट र कम्तीमा पाँचवटा ड्रोनले दूतावासलाई निसाना बनाएका छन्।
पछिल्लो समय इरान र अमेरिकाबिच बढ्दो तनावको प्रत्यक्ष असर इराकमा समेत देखिएको छ। इरानले आफ्ना छिमेकी देशहरू र अमेरिकी सैन्य अखडाहरूमाथि प्रतिशोध लिने चेतावनी दिइरहेका बेला बगदादको यो आक्रमणले पश्चिम एसियाको सुरक्षा स्थिति थप जटिल बनाएको छ। अमेरिकी अधिकारीहरूले अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण सार्वजनिक गरेका छैनन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण