गाँजाको सेवनले कम हुन्न एङ्जायटीः अध्ययन
सारांश
- नयाँ अध्ययनले गाँजाको प्रयोगले मानसिक स्वास्थ्य समस्या कम नगर्ने देखाएको छ।
- अध्ययनले चिन्ता, डिप्रेसनलगायतका समस्यामा गाँजा प्रभावकारी नभएको निष्कर्ष निकालेको छ।
- वैज्ञानिक प्रमाणको अभावमा पनि अमेरिका र क्यानडामा गाँजाको प्रयोग बढिरहेको छ।
काठमाडौं । स्वास्थ्य वा मनोरञ्जनका लागि गाँजाको प्रयोगले मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू कम नहुने नयाँ अध्ययनले देखाएको छ । दीर्घकालीन अध्ययन र ‘गोल्ड स्ट्यान्डर्ड’ विश्लेषणका अनुसार गाँजामा पाइने प्रमुख तत्त्वहरू क्यानाबिडियोल (सीबीडी) र टेट्राहाइड्रोकानाबिनोल (टीएचसी)ले चिन्ता, अवसाद वा अन्य मानसिक रोगहरूमा उल्लेखनीय सुधार ल्याउने प्रमाण फेला परेको छैन ।
अस्ट्रेलियाको सिड्नी विश्वविद्यालय अन्तर्गतको अनुसन्धान टोलीका प्रमुख ज्याक विल्सनले नेतृत्व गरेको अध्ययन द लैंसेट साइकियाट्रीमा प्रकाशित भएको छ । यस अध्ययनमा सन १९८० देखि २०२५ सम्म प्रकाशित ५४ वटा अनियमित नियन्त्रित परीक्षणहरू (आरसीटीज)को विश्लेषण गरिएको थियो, जुन चिकित्सा अनुसन्धानको सबैभन्दा विश्वसनीय विधि मानिन्छ ।
‘हामीले कुनै पनि प्रकारको गाँजाले चिन्ता, डिप्रेसन वा पोस्ट(ट्रमाटिक स्ट्रेस डिसअर्डरजस्ता समस्यामा प्रभावकारी भएको प्रमाण फेला पारेनौं’ विल्सनले भने । अध्ययनले गाँजाको प्रयोगले अन्य मानसिक अवस्थाहरूमा पनि सुधार ल्याउन नसकेको देखाएको छ । यसमा एनोरेक्जिया, नर्भोसा, बाइपोलार डिस्अर्डर, अब्सेसिभ–कम्पल्शिभ डिस्अर्डर र सिजोफ्रेनिया समावेश छन् ।
अनुसन्धानमा प्रयोग गरिएका गाजाका औषधिहरू प्रायः क्याप्सुल, स्प्रे वा तेलको रूपमा थिए । तर वास्तविक जीवनमा धेरैजसो प्रयोगकर्ता धुवाँका रूपमा गाँजा सेवन गर्ने भएकाले वास्तविक प्रभाव झन कम प्रमाणित भएको बताइएको छ । अमेरिकाको येल विश्वविद्यालयका मनोचिकित्सक दीपक सिरिल डुसुजाको नेतृत्वमा गरिएको अर्काे अध्ययनले पनि यस्तै निष्कर्ष निकालेको छ ।
उनका अनुसार गाँजा वा यसका अवयवहरूलाई मानसिक स्वास्थ्य उपचारका रूपमा सिफारिस गर्न मिल्ने कुनै बलियो प्रमाण छैन वैज्ञानिक प्रमाण अभाव हुँदाहुँदै पनि अमेरिका र क्यानडा जस्ता देशहरूमा गाँजाको प्रयोग तीव्र रूपमा बढिरहेको छ ।
अनुमान अनुसार १६ देखि ६५ वर्ष उमेर समूहका करिब २७ प्रतिशत मानिसहरूले औषधीय प्रयोजनका लागि गाँजा प्रयोग गरेका छन्, जसमा झण्डै आधाले मानसिक स्वास्थ्य सुधारका लागि प्रयोग गर्ने गरेका छन् । विशेषज्ञहरूका अनुसार, कतिपय अवस्थामा चिकित्सकहरूले समेत पर्याप्त प्रमाण बिना गाँजा सिफारिस गरिरहेको पाइन्छ, जसले उपचारको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण