काठमाडाैँका क्यासिनोमा जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न १४ नेपाली पक्राउ
मङ्गलबार, ०३ चैत २०८२, १८ : ५०
काठमाडाैँ। काठमाडाैँ उपत्यकाका विभिन्न क्यासिनोमा नेपाली नागरिकले अवैध रूपमा हारजित हुने जुवा खेल्ने–खेलाउने गतिविधि गरिरहेको सूचनाका आधारमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार जिल्ला काठमाडाैँ बुढानिलकण्ठ नगरपालिका–१ तौलुङस्थित लेमन ट्री होटलभित्र रहेको क्यासिनोबाट १३ जना र काठमाडौं महानगरपालिका–१४ सोल्टीमोडस्थित अर्को क्यासिनोबाट १ जना गरी कुल १४ जनालाई नियन्त्रणमा लिइएको हो।
उक्त कारबाहीका क्रममा प्रहरीले नगद रु. १ लाख ९० हजारसहित विभिन्न सामग्री बरामद गरेको जनाएको छ। प्रहरीले पक्राउ परेकामाथि जुवा सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण