भाटभटेनीका सञ्चालक गुरुङ दम्पत्ती र प्रधानमन्त्रीबिच भेटवार्ता
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङ दम्पत्तीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेकाे छ । मंगलबार प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार पुगेर गुरुङ दम्पत्तीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।
त्यसअवसरमा गुरुङले प्रधानमन्त्री एवं पूर्व प्रधान न्यायाधीश समेत रहेकी कार्कीले देशको न्यायिक इतिहासमा महत्वपूर्ण योगदान दिएकाे उल्लेख गर्दै स्थापित मानक र नेतृत्व आज पनि प्रेरणाको स्रोत बनेको बताए।
उनका ऐतिहासिक उपलब्धिहरूले महिलाहरूका लागि नयाँ बाटो खोल्नुका साथै देशलाई सुशासन र विधिको शासनतर्फ अघि बढाउन ठुलो भूमिका खेलेको गुरुङले बताए ।
'यस महत्वपूर्ण अवसरमा उनको समर्पण, साहस र दूरदर्शी नेतृत्वप्रति हामी हार्दिक सम्मान व्यक्त गर्दछौं। नेपालको उज्ज्वल भविष्य निर्माणमा उहाँले पुर्याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ,' गुरुङले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण