सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने पक्राउ
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता प्रयोग गरी महिलाको चरित्र हत्या गर्ने कार्यमा संलग्न एक युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ स्थायी घर भई हाल काठमाडौँको नयाँबजार बस्दै आएका २३ वर्षीय तपेन्द्र विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
विगत केही समयदेखि पीडित महिलाको तस्बिर प्रयोग गरेर अपमानजनक र अमर्यादित सामग्रीहरू सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेको उजुरी ब्यूरोमा दर्ता भएको थियो। विष्टले पीडितको नाम जोडेर होली काण्ड नाम दिइएका अश्लील भिडियो सामग्रीहरू समेत सार्वजनिक गरी महिलालाई मानसिक तनाव र हैरानी दिएको अनुसन्धानबाट खुलेको छ।
साइबर ब्यूरोले गरेको प्राविधिक अनुसन्धान र विश्लेषणका आधारमा विष्टको संलग्नता पुष्टि भएपछि उनलाई चैत २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो। पक्राउ परेका विष्टमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
उनलाई जिल्ला अदालत काठमाडौँबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जानकारी प्रहरी उपरीक्षक एवं प्रवक्ता दिपक राज अवस्थीले दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण