मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तितामिठा कुरा भन्दै रवि लामिछानेले भने– गुट बनाएर कांग्रेस एमालेलाई जितिँदैन साथी हो !

बुधबार, ०४ चैत २०८२, १४ : १८
बुधबार, ०४ चैत २०८२

सारांश

  • रास्वपाका सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई स्वार्थ समूहका पछि नलाग्न र गुट नबनाउन निर्देशन दिए।
  • उनले जनताले रास्वपालाई काम गर्न बहुमत दिएको र अब कुनै बहाना नबनाउन आग्रह गरे।
  • लामिछानेले सांसदको भूमिका फेरिएको र अनुशासनमा बस्नुपर्ने भन्दै पार्टीले कडाइ गर्ने बताए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरुलाई स्वार्थ समूहका पछि नलाग्न र कुनै पनि गुट नबनाउन निर्देशन दिएका छन् । 

काठमाडौँमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै सहिदहरूले बगाएर आएको परिवर्तनलाई आत्मसात गरेर सांसदहरुले काम गर्नुपर्ने भन्दै गुट बनाउन र स्वार्थ समूहका घरघरमा नजान निर्देशन दिएका हुन् । 

तिता मिठा कुरा गर्छु भन्दै सम्बोधन सुरु गरेका सभापति लामिछानेले गएको निर्वाचनमा नेपाली जनताले रास्वपालाई जनताको काम गर्न कुनै पनि बहानाले नरोक्ने बताए । 

‘संविधान निर्माण भएको लामो समय भयो । तर विभिन्न बाधा अड्चनहरू भए । नेपाली जनताले हामीलाई कुनै बहाना नपाउने गरी दिल खोलेर लगभग दुई तिहाइ बहुमत दिएका छन्’, उनले भने, ‘अब के को बहाना ? अब केले अड्काउँछ हामीलाई ? अब अड्काउने भनेको तपाई हाम्रो नियतले मात्र हो ।’

उनले कठिन परिस्थितिमा पनि आफूले पार्टी र चुनाव चिह्न जोगाएको बताए ।  ‘पार्टीको नाममा मुद्दा, चुनाव चिन्हमा मुद्दा चल्यो, प्रहार भयो । जोगाएर ल्यायौँ । घण्टी बचाएर ल्यायौँ’, सभापति लामिछानेले भने– ‘नेपाली जनताले पुराना दललाई ३६ वर्ष कुरे तपाईं हामीलाई ३६ दिन र महिना कुर्ने वाला छैनन् ।’

लामिछानेले सांसदमा निर्वाचित भएपछि भूमिका फेरिएको र अनुशासनमा बस्नुपर्ने भन्दै पार्टीले कडाइका साथ अनुशासन पालना गराउने बताए । ‘किनकि अब कानुन निर्माताका रूपमा भूमिका फेरिएको छ । अब स्वार्थ समूहका घरघरमा होइन, गुट बनाएर कांग्रेस एमालेलाई जितिँदैन साथी हो । गुट बनाउन पर्दैन, घण्टीका मुनि सबै अट्छन्’, उनले भने– ‘घण्टीसँग त्यति धेरै तागत छ ।’ पार्टी, संसद् र सरकारमा मेरो हैसियत के हुन्छ भन्ने चिन्ता पनि नगर्न लामिछानेले स्मरण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप