ऊर्जा, सिँचाइ र खानेपानी मन्त्रीमा सागर ढकालसहित तीन जनाको नाम
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रिमण्डल गठनको गृहकार्य सुरु गरेको छ र मन्त्रीहरूको रोस्टर बनाउँदैछ।
- ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रीका लागि सागर ढकालको नाम चर्चामा छ, उनी अक्सफोर्डबाट एमएस्सी गरेका इन्जिनियर हुन्।
- रामजी यादव र बोधनारायण श्रेष्ठको नाम पनि मन्त्री पदका लागि चर्चामा रहेको छ, उनीहरू पनि इन्जिनियरिङ पृष्ठभूमिका हुन्।
काठमाडौँ । दुई तिहाइ नजिक बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला मन्त्रिमण्डल गठनको गृहकार्य सुरु भएको छ । मन्त्रालयगत रूपमा सम्बन्धित उम्मेदवारको रोस्टर बनाएर छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार अहिले ऊर्जा जलस्रोत, सिँचाइ तथा खानेपानी मन्त्रीमा सागर ढकालको नाम चर्चामा छ ।
अहिले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको रूपमा रहेको मन्त्रालयलाई खानेपानी मन्त्रालय समेत जोड्ने तयारी रहेको छ । उक्त मन्त्रालयका गुल्मी क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित ढकाल, धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित बोधनारायण श्रेष्ठ र सप्तरी–२ बाट निर्वाचित रामजी यादवको नाम चर्चामा छ ।
ढकाल ऊर्जा तथा जलस्रोत क्षेत्रमा १० वर्षभन्दा बढी काम गरेका छन् । उनीले अक्सफोर्ड युनिभर्सिटीबाट एमएस्सी गरेका छन् । ढकाल पेसाले इन्जिनियर हुन् ।
त्यस्तै, सप्तरी–२ बाट निर्वाचित रामजी यादव पनि इन्जिनियरिङ पृष्ठभूमिबाट राजनीतिमा उदाएका हुन् । यादवले विद्युत् इन्जिनियरिङमा बीई गरेका छन् । उनी नवीकरणीय ऊर्जा, कार्बन क्रेडिट र सार्वजनिक खरिद सुधारजस्ता विषयमा विशेषज्ञता राख्ने व्यवसायिक रूपमा सफल प्राविधिक पनि हुन् ।
त्यस्तै श्रेष्ठ पनि लामो समयदेखि सामाजिक र विकास क्षेत्रमा काम गरेको अनुभव छ । विकास, विपद् व्यवस्थापन र नीति निर्माणमा लामो व्यावसायिक अनुभव उनीसँग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण