पर्वतमा आर्थिक गणना कार्यालय स्थापना
पर्वत । पर्वतमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म हुने गणनाका लागि सदरमुकाम कुश्माको बडागाउँमा रहेको साविक सामाजिक विकास कार्यालयको भवनमा कार्यालय स्थापना गरिएको हो।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक लक्ष्मीप्रसाद पौडेलले कार्यालयको उद्घाटन गरेका छन् । कार्यालयमार्फत चैत महिनाभर गणनाको आवश्यक तयारी गरिने छ । पर्वत जिल्लामा आर्थिक गणनाका लागि १७ जना गणक र ३ जना सुपरीवेक्षक खटाइने भएको छ ।
भने कार्यालयमा व्यवस्थापनका लागि पाँच जना कर्मचारी रहने आर्थिक गणना अधिकारी ऋषिराम पौडेलले जानकारी दिए। चैत मसान्तसम्म गणकको नियुक्ति, गणकहरूलाई तालिम प्रदान र पालिका तहमा सरोकारवालाबिच छलफल सकेर गणना सुरु गरिने आर्थिक गणना अधिकारी पौडेलले बताए। जिल्लामा आर्थिक गणना सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति गठन गरिएको छ।
पालिका तहमा स्थानीय तह समन्वय समिति र वडास्तरमा वडास्तरीय सहजीकरण समिति पनि गठन गरिने उनले बताए। ‘समग्र अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित चालु आर्थिक वर्षभित्र सम्पन्न हुने गरी देशैभर दोस्रो पटक आर्थिक गणना गर्न लागिएको हो । विसं २०७५ को वैशाखमा पहिलो पटक आर्थिक गणना भएको थियो।
यस गणनाका दौरानमा पर्वत जिल्लाका १८ वटा आर्थिक क्षेत्रका आधारभूत विवरण सङ्कलन गरिने भएको छ । जसमा देशैभर रहेका दर्ता भए, नभएका ठुला साना, व्यापारिक प्रतिष्ठान, उद्योग, कलकारखाना, होटललगायत रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिने गणना अधिकारी पौडेलले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण