अश्लील गीत विवादमा नोरा फतेहीको स्पष्टोक्ति, ‘गलत अनुवाद सुनाएर धोका दिए’
सारांश
- अभिनेत्री नोरा फतेही 'केडी: द डेभिल' गीतको अश्लील शब्द र एआई प्रयोगबारे विवादमा तानिएकी छिन्।
- नोराले निर्माताहरूले भाषाको गलत अनुवाद र एआई प्रयोग गरी धोका दिएको आरोप लगाएकी छिन्, र गीतमा प्रतिबन्ध लगाइएको छ।
- विवादले संसदमा प्रवेश पाएको छ र सरकारले डिजिटल माध्यमबाट यस्ता अश्लील सामग्री रोक्ने प्रतिबद्धता जनाएको छ।
मुम्बई । बलिउड अभिनेत्री नोरा फतेही दक्षिण भारतीय फिल्म ‘केडी: द डेभिल’ को गीत ‘सरके चुनर तेरी सरके’ का कारण ठूलो विवादमा तानिएकी छिन्। गीतमा प्रयोग गरिएका शब्दहरू अत्यन्तै अश्लील र आपत्तिजनक भएको भन्दै चौतर्फी आलोचना भएपछि नोराले भिडियो जारी गर्दै आफ्नो बचाउ गरेकी हुन्।
उनले फिल्मका निर्माता र निर्देशकले आफूलाई भाषाको गलत अनुवाद सुनाएर धोका दिएको र आफ्नो अनुमति बिना नै ‘एआई’ को प्रयोग गरी गीत सार्वजनिक गरेको गम्भीर आरोप लगाएकी छिन्। नोराका अनुसार यो गीत उनले तीन वर्षअघि कन्नड फिल्म उद्योगका लागि छायाङ्कन गरेकी थिइन्।
त्यसबेला फिल्ममा सञ्जय दत्तजस्ता दिग्गज कलाकार भएका कारण उनले काम गर्न सहमति जनाएकी थिइन्। आफूलाई कन्नड भाषा नआउने भएकाले निर्माताहरूले सुनाएको अनुवादमा विश्वास गरेको तर अहिले हिन्दी डबिङमा आएका शब्दहरू सुन्दा आफू स्वयं स्तब्ध भएको उनले बताएकी छिन्। हिन्दी संस्करणको लिरिकल भिडियोमा आफ्नो अनुमति बिना नै एआईबाट निर्मित तस्बिरहरू प्रयोग गरिएको भन्दै उनले निर्माताहरूको नियतमाथि प्रश्न उठाएकी छिन्।
पर्दा पछाडि बसेर यस्ता आपत्तिजनक गीत बनाउने निर्देशक र निर्माताहरूको नाम सार्वजनिक गरी उनीहरूलाई नै जिम्मेवार ठहर्याउनुपर्ने उनको माग छ। यो विवादले अहिले भारतको संसद्मा समेत प्रवेश पाएको छ। समाजवादी पार्टीका नेता आनन्द भदोरियाले संसद्मा यो गीतको अश्लीलताको मुद्दा उठाएका थिए।
जवाफमा सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले उक्त गीतमाथि प्रतिबन्ध लगाइसकिएको जानकारी दिएका छन्। सरकारले डिजिटल माध्यमबाट फैलने यस्ता अश्लील सामग्रीबाट बालबालिका र महिलाको सुरक्षाका लागि कडा कदम चाल्ने प्रतिबद्धता जनाएको छ। हाल यो गीत युट्युबबाट समेत हटाइएको छ।
अर्कोतर्फ, राष्ट्रिय मानव अधिकार आयोगले यस विषयमा उजुरी परेपछि सेन्सर बोर्ड र सूचना प्रविधि मन्त्रालयलाई नोटिस जारी गरी जवाफ मागेको छ। गीतका गीतकार रकिब आलमले भने विवादित शब्दहरू आफूले नभई निर्देशकले नै लेखेको दाबी गर्दै पन्छिन खोजेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण