शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

लाबुबु अब ठुलो पर्दामा

बिहीबार, ०५ चैत २०८२, १० : ०४
बिहीबार, ०५ चैत २०८२

सारांश

  • चिनियाँ कम्पनी पप मार्ट र सोनी पिक्चर्सले लाबुबु डलमा आधारित फिचर फिल्म बनाउने घोषणा गरेका छन्।
  • फिल्म लाइभ-एक्सन र कम्प्युटर एनिमेसनको संयोजनमा बन्नेछ, जसलाई पल किङले निर्देशन गर्नेछन्।
  • लाबुबु डल विश्वभर लोकप्रिय बनेको छ, जसले पप मार्टलाई ठूलो कम्पनी बनायो।

बेइजिङ । विश्वभर लोकप्रिय बन्दै गएका लाबुबु डलहरू अब ठुलो पर्दामा देखिने भएका छन् । चिनियाँ खेलौना कम्पनी पप मार्ट र सोनी पिक्चर्सले मिलेर लाबुबुमा आधारित फिचर फिल्म बनाउने घोषणा गरेका छन् । कम्पनीहरूले जारी गरेको वक्तव्यअनुसार फिल्म अहिले प्रारम्भिक विकास चरणमा रहेको छ र यसमा लाइभ–एक्सन र कम्प्युटर–जेनेरेटेड एनिमेसनको संयोजन हुनेछ ।

फिल्म निर्देशनको जिम्मा पल किङ्गले पाएका छन् । उनले यसअघि वोंका, प्याडिंगटनजस्ता सफल फिल्महरू निर्देशन गरिसकेका छन् । उनी द माइटी बुशजस्ता चर्चित टेलिभिजन सिरिजसँग पनि जोडिएका छन् । यद्यपि फिल्मको प्रदर्शन मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

हालका वर्षहरूमा  लाबुबु डलहरू विश्वभर भाइरल भएका छन् । सङ्कलकहरू मात्र होइन, विभिन्न सेलिब्रेटीहरूबिच पनि यसको लोकप्रियता उच्च छ । यो डलको क्रेजका कारण पप मार्टको बार्बी म्याटेलजस्ता स्थापित प्रतिस्पर्धीलाई समेत पछि पार्दै ४० अर्ब डलरको कम्पनी बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप