माछापुच्छ्रे अध्यक्ष कप भलिबल चैत ११ देखि
सारांश
- माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष कप भलिबल प्रतियोगिता चैत ११ गतेदेखि लाहाचोकमा सुरु हुनेछ।
- प्रतियोगितामा पुरुष र महिला दुवै तर्फका विजेतालाई नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ।
- प्रतियोगितामा सहभागी हुन टिम दर्ता चैत १० गते ३ बजेभित्र गरिसक्नुपर्नेछ।
पोखरा । माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष कप भलिबल प्रतियोगिता चैत ११ गतेदेखि हुने भएको छ । पालिकाको खेलकुद विकास समितिको आयोजनामा लाहाचोकमा चौंथो संस्करणको प्रतियोगिता हुन लागेको हो । गण्डकी प्रदेशका पालिका स्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता गर्न लागिएको हो ।
प्रतियोगिता चैत १४ गतेसम्म चल्नेछ । स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको पालिका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए । धेरै सहभागिता गराउन टिम शुल्क निःशुल्क गरिएको पालिकाले जनाएको छ ।
प्रतियोगितामा पुरुष तर्फ विजेताले २ लाख, उपविजेताले १ लाख र ट्रफि मेडल पुरस्कार पाउनेछन् । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद २५ हजारका दरले पुरस्कार राखिएको प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले जानकारी दिए ।
महिला तर्फ पहिलो हुनेले ६० हजार, दोस्रोले ३० हजार नगद र ट्रफि मेडल पुरस्कार पाउनेछन् । सेमी फाइनल खेलेका बाँकी दुई टिमलाई नगद १५ हजार पुरस्कार दिइने छ । त्यसैगरी पुरुष छेलो तर्फ पहिलोलाई १० हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई २ हजार र सान्त्वना हुनेलाई १ हजार पुरस्कार व्यवस्था गरिएको छ ।
महिला तथा पुरुष भलिबल प्रतियोगिता सँगै यस वर्ष पुरुष छेलो पनि समावेश गरिएको उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् । भलिबल प्रतियोगितामा सहभागी हुन चैत १० गते ३ बजे भित्र टिम दर्ता गरिसक्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन–रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती
-
सरकारले विधि र प्रक्रियाभन्दा कानुन विपरीतका काम गर्न लाग्यो : गगन थापा
-
सरकार नागरिकको 'लाइफ' भन्दा सामाजिक सञ्जालको 'लाइक' मा बढी केन्द्रित भयो : गगन थापा
-
लुम्बिनी लायन्सको मुख्य कार्यकारी अधिकृतमा सन्देश कटवाल नियुक्त
-
१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
-
दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण