६० लाख खर्चेर त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माण
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । निर्माणाधीन पक्की पुल बाढीले भत्काएपछि सोही स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको हो ।
चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाका अनुसार २८० मिटर लम्बाइ र पाँच मिटर चौडाइ भएको सो पुल निर्माण गर्न करिब रु ६० लाख खर्च भएको छ । सो स्थानमा पक्की पुल निर्माण नहुँदा चौदण्डीगढी नगरपालिकाका त्रियुगा नदी पारीका वडा नं १०, ५ र ९ का बासिन्दालाई कठिनाइ भएको थियो ।
वर्खामा डुङ्गाको प्रयोग गरेर नदी तर्नुपर्ने बाध्यता थियो । झोलङ्गे पुल निर्माण भएपछि उक्त क्षेत्रका झण्डै पाँच हजार बासिन्दालाई बेल्टार बजार आवतजावत गर्न सहज भएको नगरपालिकाकी उपप्रमुख मणिकादेवी दुलालले बताइन् । त्रियुगा नदीस्थित बेलहीमा २०६७ सालमा नै पक्की पुल निर्माण थालिएको थियो । यसका लागि रु ११ करोड २७ लाख विनियोजन गरिएको थियो । विसं २०७८ मा त्रियुगाको बाढीले पक्की पुलको तीन पिलर र स्ल्याब भत्काएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण