सिरहा बम विस्फोट घटनामा लेखापढी व्यवसायी पक्राउ
सिरहा। सिरहा जिल्ला अदालत अगाडि बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा लेखापढी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लेखापढी व्यवसायी सुखीपुर नगरपालिका ३ का गुमस्ता यादवलाई शङ्काको आधारमा नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए। उनले शङ्काको आधारमा एक जनालाई पक्राउ गरेको र हाल चार दिनदेखि अनुसन्धान भइरहेको बताए।
अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र विस्तृत विवरण सार्वजनिक गर्न सकिने उनले बताए। पक्राउ परेका यादव सिरहा अदालतअगाडि कार्यालय खोलेर लेखापढी गर्दै आइरहेका थिए।
विस्फोटका कारण कार्यालयमा कार्यरत एक कर्मचारी घाइते भएका थिए। घाइते हुनेमा सिरहा नगरपालिका १ निवासी सौरभ यादव छन्। उनको खुट्टामा चोट लागेको थियो।
घटनामा कार्यालयभित्र रहेका कम्प्युटर लगायतका सामग्रीमा पनि क्षति पुगेको थियो। विस्फोट गत फागुन २७ गते अपराह्न भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण