२७ बुँदामा हारको कारण केलाउँदै विश्वप्रकाशको निष्कर्ष : गगन थापाको राजीनामा स्वीकृत गर्नहुन्न
सारांश
- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको निर्वाचनमा हारका २७ बुँदे कारण प्रस्तुत गरे।
- शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने र पार्टीभित्रको 'अन्तरघात' लाई अनुशासनको दायरामा ल्याउनुपर्ने प्रस्ताव राखे।
- प्रतिवेदनमा विशेष महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा दिएको र आगामी दिनमा कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने कुरा उल्लेख छ।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको पराजयका २७ बुँदे कारणहरू प्रस्तुत गरेका छन् ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा संक्षिप्त चुनावी प्रतिवेदन प्रस्तुत गर्दै उनले नैतिक जिम्मेवारी लिँदै सभापति गगन थापाले दिएको राजीनामा स्वीकृत गर्न नहुने प्रस्ताव समेत राखेका छन् ।
शर्माको प्रतिवेदनमा निर्वाचनका क्रममा पार्टीभित्रैबाट भएको ’अन्तरघात’ भएको समेत उल्लेख गरिएको छ। कतिपय नेताहरूले ’साइलेन्स किलिङ’ (मौन बसेर हराउने) र ‘स्याबोटेज’ (षड्यन्त्र) को भूमिका निभाएको भन्दै उनीहरूलाई अनुशासनको दायरामा ल्याउनुपर्ने उल्लेख गरिएको छ । विशेष महाधिवेशनप्रति असहमति राख्ने पक्षले रूख चिह्नका उम्मेदवारलाई नसघाउँदा जित्न सक्ने ठाउँमा पनि हार व्यहोर्नुपरेको प्रतिवेदनको निष्कर्ष छ।
सभापति गगन थापाको राजीनामाका सम्बन्धमा शर्माले भनेका छन्, ‘विशेष महाधिवेशन भएको ५० दिनको छोटो अवधिमै दिग्विजयको परिणाम खोज्नु न्यायपूर्ण हुँदैन। प्रतिकूलता चिरेर पार्टीलाई सम्हाल्ने जिम्मेवारी सभापतिकै हो, त्यसैले उहाँको राजीनामा अस्वीकृत गरिनुपर्छ।’
निर्वाचनमा दोस्रो दल बने पनि कांग्रेसले अंगालेको लोकतान्त्रिक र उदार अर्थतन्त्रको नीतिको भने जित भएको प्रतिवेदनमा दाबी गरिएको छ। विशेष महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा भरेका कारण कांग्रेस शून्य परिणामको दुर्दशाबाट जोगिएको शर्माको ठहर छ।
अब विगतका कमीकमजोरी सच्याउँदै कांग्रेसले गरेका राम्रा कामहरू जनतामा पुर्याएर नयाँ संकल्पका साथ अघि बढ्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण