मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

खैरो हेरोइनसहित युवक पक्राउ

शुक्रबार, ०६ चैत २०८२, २० : १२
शुक्रबार, ०६ चैत २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ स्थित नरेफाँटबाट प्रहरीले खैरो हेरोइन सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–२ घर भएर नरेफाँट बस्ने २८ वर्षीय सन्तोष कुमार झा छन् । 

आरोपीको साथबाट २२.८५० ग्राम लागु औषध (खैरो हेरोइन) बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । चैत ४ मा पक्राउ परेका झा बिरुद्ध प्रहरी बृत्त नयाँ बानेश्वरले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप