मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड र बर्नमाउथबिच रोमाञ्चक बराबरी

शनिबार, ०७ चैत २०८२, ०४ : ०६
शनिबार, ०७ चैत २०८२

सारांश

  • म्यानचेस्टर युनाइटेड र बर्नमाउथले २-२ गोलको बराबरी खेले।
  • ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गरे, तर बर्नमाउथले खेल बराबरीमा ल्यायो।
  • म्याग्वायरले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित भयो, र खेल बराबरीमा टुङ्गियो।

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत नेपाली समय अनुसार शनिबार बिहान भएको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेड र बर्नमाउथले २–२ गोलको बराबरी खेलेका छन् ।

खेलको ६१ औँ मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, त्यसको ६ मिनेटपछि नै, ६७ औँ मिनेटमा बर्नमाउथका रायन क्रिस्टीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

खेलको ७१ औँ मिनेटमा बर्नमाउथका जेम्स हिलले आत्मघाती गोल गरेपछि युनाइटेडले पुनः २–१ को अग्रता बनायो ।

तर, खेलको ७८ औँ मिनेटमा डिफेन्डर ह्यारी म्याग्वायरले रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सीमित हुन पुग्यो ।

बर्नमाउथले ८१ औँ मिनेटमा पेनाल्टी पायो, जसलाई एली जुनियर क्रोपीले सहजै गोलमा परिणत गर्दै खेललाई २–२ को बराबरीमा टुङ्ग्याए ।

यस बराबरीसँगै दुवै टोलीले अंक बाँडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप