प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड र बर्नमाउथबिच रोमाञ्चक बराबरी
शनिबार, ०७ चैत २०८२, ०४ : ०६
सारांश
- म्यानचेस्टर युनाइटेड र बर्नमाउथले २-२ गोलको बराबरी खेले।
- ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गरे, तर बर्नमाउथले खेल बराबरीमा ल्यायो।
- म्याग्वायरले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित भयो, र खेल बराबरीमा टुङ्गियो।
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत नेपाली समय अनुसार शनिबार बिहान भएको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेड र बर्नमाउथले २–२ गोलको बराबरी खेलेका छन् ।
खेलको ६१ औँ मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, त्यसको ६ मिनेटपछि नै, ६७ औँ मिनेटमा बर्नमाउथका रायन क्रिस्टीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
खेलको ७१ औँ मिनेटमा बर्नमाउथका जेम्स हिलले आत्मघाती गोल गरेपछि युनाइटेडले पुनः २–१ को अग्रता बनायो ।
तर, खेलको ७८ औँ मिनेटमा डिफेन्डर ह्यारी म्याग्वायरले रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सीमित हुन पुग्यो ।
बर्नमाउथले ८१ औँ मिनेटमा पेनाल्टी पायो, जसलाई एली जुनियर क्रोपीले सहजै गोलमा परिणत गर्दै खेललाई २–२ को बराबरीमा टुङ्ग्याए ।
यस बराबरीसँगै दुवै टोलीले अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले कसरी मनाउँदैछ वीपी स्मृति दिवस ?
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
-
काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि
-
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
-
विश्वकप जितको उत्सव मनाउने क्रममा स्पेनमा १३ वर्षीय बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण