सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

ढोरपाटनमा भारी हिमपात

शनिबार, ०७ चैत २०८२, ०७ : २६
शनिबार, ०७ चैत २०८२

सारांश

  • बागलुङको ढोरपाटनसहित उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ।
  • हिमपातका कारण स्थानीयको जनजीवन प्रभावित भएको छ र पशुचौपायालाई घाँस खुवाउन समस्या भएको छ।
  • चैत महिनामा परेको हिमपातले आलु रोप्ने कार्य प्रभावित पारेको छ र दैनिक कामकाजमा कठिनाइ भएको छ।

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य हिउँले ढाकिएको हो । हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ ।

हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय धनबहादुर विकले जानकारी दिए । हिमपातले गर्दा वस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको स्थानीय विकले बताए ।

केही दिन अगाडिदेखि सामान्य वर्षा भएको उनको भनाइ छ । अहिले पनि निरन्तर हिमपात भइरहेको भन्दै स्थानीयलाई हिँडडुल गर्नसमेत समस्या भएको उनले बताए । आलु रोप्नका लागि अधिकांश स्थानीय बोबाङ, अधिकारीचौरलगायतका क्षेत्रबाट ढोरपाटन उक्लिए पनि हिमपातले गर्दा प्रभावित बनेको विकको भनाइ छ ।

“चैत महिनामा कहिलेकाहीँ मात्रै हिउँ पर्थ्यो, यसपालि गर्मी बढ्न लाग्दा हिउँ पर्‍यो, यतिबेला ढोरपाटनवासीलाई आलु रोप्ने चटारो थियो तर हिउँ पर्दा काम प्रभावित भयो”, विकले भने, “अलिअलि वर्षा त चाहिएको थियो, तर हिउँ परेर दैनिकीनै कष्टकर बनाइ दियो ।”

स्थानीय तुलराम पुनले हिमपातको कारण अत्यधिक चिसो बढेको बताए । रातिदेखि परेको भमरी हिमपात अहिले बाहिर निस्किएर हिँडडुल गर्न र पशुचौपायालाई घाँस दाना खुवाउन पनि समस्या भएको उनको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप