सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ग्राहक कल सेवालाई प्रभावकारी बनाउँदै 'आकाश टेल' को एआई–पावर्ड आईभीआर प्रणाली

शनिबार, ०७ चैत २०८२, ०८ : ५७
शनिबार, ०७ चैत २०८२

सारांश

  • आकाश टेलले एआई-पावर्ड आईभीआर प्रणाली सञ्चालनमा ल्याएको छ जसले ग्राहक सेवाको गुणस्तरमा सुधार गर्ने लक्ष्य राखेको छ।
  • यस प्रणालीले स्वचालित आवाजमार्फत जानकारी दिई आवश्यक शाखा वा कर्मचारीसम्म पुर्‍याउन मद्दत गर्दछ, जसले कल ट्रान्सफरको समस्या कम गर्छ।
  • बैंक, अस्पताल, शैक्षिक संस्थाहरू जस्ता क्षेत्रमा यो प्रणाली उपयोगी हुने र ग्राहक सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ।

काठमाडौँ । विभिन्न कार्यालय, बैंक तथा अस्पतालमा फोन गर्दा लाइन कुर्नुपर्ने र बारम्बार कल ट्रान्सफर हुने झन्झटलाई कम गर्न 'आकाश टेल' (AakashTel) ले एआई–पावर्ड आईभीआर (AI-Powered IVR) प्रणाली सञ्चालनमा ल्याएको छ । डिजिटल कम्युनिकेसन समाधान प्रदायक आकाश टेलले ग्राहक सेवाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले यो प्रविधि ल्याएको हो ।

कुनै पनि संस्थामा फोन गर्ने व्यक्तिलाई स्वचालित आवाजमार्फत आवश्यक जानकारी र विकल्पहरू उपलब्ध गराई सिधै सम्बन्धित शाखा वा कर्मचारीसम्म पुऱ्याउन यो प्रणालीले मद्दत गर्दछ । यसले गर्दा अनावश्यक कल ट्रान्सफर, व्यस्त लाइन र एउटै कुरा दोहोऱ्याउनुपर्ने समस्या समाधान भई संस्थाको सेवा प्रणाली थप व्यवस्थित र व्यावसायिक देखिने कम्पनीले जनाएको छ ।

के छन् विशेषताहरू ?
आकाश टेलको आईभीआर प्रणालीमा मल्टि-लेभल मेनु (Multi-Level IVR), एआई-टीटीएस (AI-TTS) आधारित प्राकृतिक सुनिने आवाज, र संस्थाले आफ्नै आवाज रेकर्ड गरेर स्वागत सन्देश राख्न सक्ने सुविधा छ । यसका साथै स्मार्ट कल रूटिङ, कल रेकर्डिङ, रियल-टाइम कल रिपोर्ट, ईमेलमा भ्वाइसमेल, २४/७ स्वचालित प्रतिक्रिया र सीआरएम (CRM) सफ्टवेयरसँग जोड्न सकिने जस्ता विशेषताहरू यसमा रहेका छन् ।

कम्पनीका भाइस प्रेसिडेन्ट राजन कोइरालाका अनुसार यो प्रणालीले दैनिक आउने सयौँ कलहरूलाई व्यवस्थित गर्न सजिलो बनाउँछ । उनले भने, "धेरै संस्थाहरूमा एउटै नम्बरमा सयौँ कल आउँदा सबै उठाउन सम्भव हुँदैन, तर आईभीआरले कललाई स्वतः सही ठाउँमा रूट गर्छ र सामान्य प्रश्नहरूको उत्तर स्वचालित रूपमा दिन्छ, जसले कर्मचारीहरूलाई अन्य महत्त्वपूर्ण काममा केन्द्रित हुन सहयोग पुग्छ ।"

यो प्रणाली २४ घण्टा सञ्चालन हुने भएकाले कार्यालय समय बाहिर आउने कलहरूले पनि आवश्यक सूचना प्राप्त गर्न सक्नेछन्, जसले ग्राहक सन्तुष्टि बढाउने कोइरालाको दाबी छ ।

कुन-कुन क्षेत्रका लागि उपयुक्त ?

हाल नेपालका बैंक तथा वित्तीय संस्था, अस्पताल, शैक्षिक संस्था, हेल्पलाइन सेवा, कर्पोरेट अफिस, ई-कमर्स कम्पनी र सरकारी निकायहरूमा यसको प्रयोग तीव्र रूपमा बढिरहेको छ । अस्पतालहरूमा अपोइन्टमेन्ट र रिपोर्टको जानकारी लिन तथा बैंकहरूमा खाता र कार्ड सम्बन्धी जानकारीका लागि यो प्रणाली निकै प्रभावकारी देखिएको छ ।

आकाश टेलले आईभीआरका साथै बल्क एसएमएस (Bulk SMS), भ्वाइस ब्रोडकास्टिङ, ह्वाट्सएप बिजनेस सोलुसन र स्मार्ट एआई च्याटबोट जस्ता डिजिटल सेवाहरू पनि एउटै प्लेटफर्मबाट उपलब्ध गराउँदै आएको छ । डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रणालीलाई भरपर्दो र सुरक्षित बनाउने लक्ष्यका साथ आगामी दिनमा थप संस्थाहरू यस प्रविधितर्फ आकर्षित हुने कम्पनीको अपेक्षा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप