इरान–इजरायल युद्ध तनावका कारण शकिराको भारत कन्सर्ट स्थगित
सारांश
- पप स्टार शकिराको भारत कन्सर्ट मध्यपूर्वको तनाव र सुरक्षाको कारण स्थगित भयो।
- कन्सर्ट अप्रिल १० र ११ मा मुम्बई र १५ मा दिल्लीमा हुने तय थियो, तर स्थगित गरियो।
- आयोजकले टिकट खरिदकर्ताहरूलाई पूर्ण रकम फिर्ता गर्ने घोषणा गरेको छ।
मुम्बई । विश्वप्रसिद्ध पप स्टार शकिराको भारत कन्सर्ट स्थगित भएको छ । उनको आगामी अप्रिलमा भारतमा हुने भनिएको ‘फिडिङ इन्डिया कन्सर्ट’ स्थगित भएको हो । मध्यपूर्वमा बढ्दो तनाव र इरान–इजरायल युद्धको स्थितिलाई मध्यनजर गर्दै आयोजकले कन्सर्ट स्थगित गर्ने निर्णय गरेका हुन् ।
कन्सर्ट आयोजक संस्था ‘डिस्ट्रिक्ट’ ले सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै यसको जानकारी दिएको हो । आयोजकका अनुसार वर्तमान भू–राजनीतिक अवस्था र क्षेत्रीय तनावका कारण कलाकार, फ्यान र प्रोडक्सन टोलीको सुरक्षालाई प्राथमिकता दिँदै कार्यक्रम स्थगित गरिएको हो ।
पूर्वनिर्धारित तालिका अनुसार शकिराले अप्रिल १० र ११ मा मुम्बईमा र अप्रिल १५ मा दिल्लीमा आफ्नो प्रस्तुति दिने भनिएको थियो । सन् २००७ पछि पहिलो पटक भारत आउन लागेकी शकिराको कन्सर्टलाई लिएर दर्शकमाझ ठुलो उत्साह थियो । कन्सर्टका लागि टिकटहरू निकै महँगो मूल्यमा बिक्री भएका थिए ।
टिकटको मूल्य ३२,००० भारु सम्म तोकिएको थियो । कन्सर्ट स्थगित भएपछि आयोजकले टिकट बुक गरेका सबै ग्राहकलाई पूर्ण रिफन्ड (पैसा फिर्ता) दिने घोषणा पनि गरेको छ । टिकट खरिद गर्दा जुन माध्यमबाट भुक्तानी गरिएको थियो, सोही माध्यममा पैसा फिर्ता गरिने आयोजक पक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेका गोलकिपर भोजिन्हा र उनकी आमा आनाको यो जीत
-
रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस
-
रणवीर सिंह बने सबैभन्दा महँगा भारतीय अभिनेता, ‘धुरन्धर’बाट कमाए ३२५ करोड भारु
-
रास्वपाको बन्दसत्र सुरु नभएपछि महाधिवेशनस्थलमा जे देखियो (तस्बिरहरू)
-
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण