नेप्से ५ अङ्कले बढ्यो, १५ अर्ब ७८ करोड बराबरको कारोबार
सारांश
- सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०१ अंकले बढेर २,९३६.५६ विन्दुमा पुग्यो।
- आज ३४२ कम्पनीका सेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भयो।
- कुमारी बैंक लिमिटेडको सर्वाधिक कारोबार भयो, र १०२ कम्पनीको सेयर मूल्य बढ्यो।
काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ५.०१ अङ्कले बढेर २,९३६.५६ विन्दुमा पुगेको हो ।
यस दिन कुल ३४२ कम्पनीका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर १ लाख ५६ हजार ३८१ पटक किनबेच हुँदा कुल १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य ओरालो लागेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। आज चार वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज कुमारी बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो। उक्त बैंकको ६७ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
त्यस्तै शिवम् सिमेन्टको ६० करोड ६४ लाख, नेशनल हाइड्रोपावरको ५७ करोड ४८ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ५४ करोड ९८ लाख र ङादी ग्रुप पावरको ५४ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसैबिच आज कारोबार भएका १३ वटा उपसमूहमध्ये ७ वटा समूहको सूचक बढेको छ भने ६ वटा समूहको सूचक घटेको छ।
आज सबैभन्दा बढी सुधार उत्पादन तथा प्रशोधन समूहमा देखिएको छ। यो समूहको सूचक १५४.४३ अङ्क अर्थात् १.५३ प्रतिशतले बढेर १०,२३३.३० विन्दुमा पुगेको छ। त्यस्तै, जलविद्युत समूहको सूचक ३७.७१ अङ्क (०.९६%) ले बढेको छ भने म्युचुअल फण्ड ०.८८ प्रतिशत र लगानी समूह ०.७२ प्रतिशतले उकालो लागेको छ। लघुवित्त र फाइनान्स समूहमा पनि सामान्य सुधार देखिएको छ।
यता, घट्ने समूहहरूमध्ये होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी गिरावट आएको छ। यो समूहको सूचक ६७.६९ अङ्क अर्थात् ०.८६ प्रतिशतले घटेको छ। ट्रेडिङ समूहको सूचक पनि २४.१२ अङ्क (०.६३%) ले ओरालो लागेको छ।
विकास बैंक समूह ३२.३७ अङ्क (०.५०%) र जीवन बीमा समूह ६५.६२ अङ्क (०.४७%) ले घटेको छ। बजारको मुख्य हिस्सा ओगट्ने बैंकिङ समूहको उपसूचक पनि आज ४.३६ अङ्क (०.२७%) ले ओरालो लागेको छ। निर्जीवन बीमा समूहमा भने ०.०४ प्रतिशतको झिनो गिरावट देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण