मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

डाँका र ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी १० वर्षपछि पक्राउ

सोमबार, ०९ चैत २०८२, १७ : ३३
सोमबार, ०९ चैत २०८२

सारांश

  • प्रहरीले डाँका र ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी खिल बहादुर तामाङलाई १० वर्षपछि पक्राउ गरेको छ।
  • दोलखा जिल्ला अदालतले २०७४ पुसमा उनलाई १० वर्ष कैद र जरिवाना सुनाएको थियो।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेको छ।

काठमाडाैँ । डाँका र ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेकाे छ । आइतबार दोलखाकाे शैलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडाैँकाे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८, बौद्ध बेशी गाँउ बस्ने ४० वर्षिय खिल बहादुर तामाङ रहेका छन्। 

उनलाई दोलखा जिल्ला अदालतले २०७४ पुस ४ गतेको फैसला बमोजिम प्रतिवादी खिल बहादुर तामाङलाई १० वर्ष कैद र १ लाख १८९ रुपैयाँ बिगो भराउने फैसला सुनाएकाे थियाे। त्यसयता उनी फरार रहेका थिए ।

काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमा जिल्ला अदालत काठमाडाैँ उपस्थित गराइएको प्रहरी उपरीक्षक मनाेहर प्रसाद भट्टले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप