रूसद्वारा इरान युद्धको ‘राजनीतिक’ समाधानको माग
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्यका लागि वासिङ्टन र तेहरानबिच वार्ता भएको खुलासा गरेसँगै रुसले मध्यपूर्व युद्धको ‘राजनीतिक र कूटनीतिक’ समाधानका लागि सोमबार आह्वान गरेको छ ।
इरानी विदेश मन्त्री अब्बास अराघचीसँगको कुराकानीमा रुसी कूटनीतिज्ञ सर्गेई लाभरोभले शत्रुता तत्काल अन्त्य गर्न र इरानमा संलग्न सबै पक्षको वैधानिक हितलाई ध्यानमा राख्ने राजनीतिक समाधान खोज्न आग्रह गरेका हुन् ।
रुसी वक्तव्यमा अमेरिका–इरान वार्ताको कुनै उल्लेख गरिएको छैन । अमेरिकाले वार्ताको पहल भइरहेको बताए पनि तेहरानले यसको पुष्टि गरेको छैन ।राष्ट्रपति ट्रम्पले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, “विगत दुई दिनमा दुवै पक्षबिच शत्रुताको पूर्णसमाधानका लागि निकै राम्रो र फलदायी कुराकानी भएको छ ।”
राष्ट्रपति ट्रम्पले पहिले इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न चेतावनी जारी गर्दै अन्यथा इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका थिए । तर सोमबार पाँच दिनका लागि आक्रमण रोक्न आदेश दिएको बताए।
फेब्रुअरी २८ मा अमेरिका–इजरायलले इरानमाथि गरेको बमबारीका कारण युद्ध सुरु भएदेखि नै जलमार्ग बन्द गरिएको छ ।मस्कोले वार्ताका लागि पहिले पहल इरानले सुरु गरेको बताएको छ।–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण