रियल जाने चर्चा बकवास हो : क्लप
सारांश
- योर्गेन क्लोपले रियल म्याड्रिड जाने हल्लालाई अस्वीकार गरे, र यसलाई 'बकवास' भने।
- उनले रियल म्याड्रिडबाट आफूलाई कुनै सम्पर्क नभएको र प्रशिक्षकका रूपमा तत्काल फर्कने योजना नरहेको बताए।
- क्लोपले भविष्यमा प्रशिक्षक बन्ने सम्भावनालाई अस्वीकार नगरे पनि अहिले कुनै योजना नभएको जनाए।
म्याड्रिड । लिभरपुलका पूर्व म्यानेजर योर्गेन क्लपले आगामी सिजन स्पेनिस क्लब रियल म्याड्रिड जाने चर्चालाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। सन् २०२३–२४ को सिजनपछि लिभरपुल छाडेर विश्राममा रहेका ५८ वर्षीय क्लोपले आफू म्याड्रिड जान लागेको खबरलाई ‘बकवास’ को संज्ञा दिएका हुन्।
हाल रेड बुलको हेड अफ ग्लोबल फुटबलका रूपमा कार्यरत जर्मन प्रशिक्षक क्लोपले म्याड्रिडका प्रशिक्षक अल्भारो अर्बेलोआलाई प्रतिस्थापन गर्ने विषयमा कुनै सत्यता नभएको स्पष्ट पारे। म्युनिखमा आयोजित मजेन्टा टिभी विश्वकप टोली प्रस्तुतीकरणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै क्लोपले रियल म्याड्रिडबाट आफूलाई कुनै पनि सम्पर्क नभएको बताए।
उनले ठट्टा गर्दै यदि रियल म्याड्रिडले फोन गरेको भए अहिलेसम्म सबैले थाहा पाइसक्ने उल्लेख गरे। क्लोपका अनुसार अहिलेसम्म म्याड्रिडले न उनलाई फोन गरेको छ, न त उनका एजेन्टसँग नै कुनै कुरा भएको छ। यस्ता हल्लाहरू केवल अनुमान मात्रै रहेको दाबी गर्दै उनले तत्काल आफू प्रशिक्षकका रूपमा मैदान फर्कने सोचमा नरहेको जिकिर गरे।
यद्यपि, क्लोपले आफ्नो प्रशिक्षक करियर भने पूर्ण रूपमा समाप्त नभएको संकेत दिएका छन्। उमेरका हिसाबले आफू पाको हुँदै गए पनि प्रशिक्षकका रूपमा काम गर्ने उर्जा अझै बाँकी रहेको उनले बताए।
अहिले नै संन्यास लिने उमेर नभएकाले भविष्यमा के हुन्छ भन्नेबारे आफूलाई थाहा नभएको तर हालका लागि कुनै पनि योजना तय नगरेको उनले प्रष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
-
हुम्लामा जिप दुर्घटना, ४ जना घाइते
-
प्रतिष्ठानमा एक महिनामा १ सय ४९ महिलाले पाए निःशुल्क प्रसूति सेवा
-
आज पनि सुनचाँदीको मूल्य घट्यो
-
कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका
-
अमेरिकी सम्झौतामा क्षेप्यास्त्र कार्यक्रम समावेश छैन : पेजेशकियन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण