हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन
काठमाडौँ । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीका लागि तालिम सञ्चालन गरिएको छ ।
नेपाल मेडिसिटी अस्पतालले स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस (इएमआरएस)सँगको सहकार्यमा ‘एड्भान्स ट्रेनिङ एण्ड ट्रेनिङ फर ट्रेर्नस प्रोग्राम इन रिट्रिभल मेडिसिन’ तालिम सोमबारदेखि सञ्चालन गरेको हो ।
अस्पतालका इमर्जेन्सी तथा हाई अल्टिच्युड सर्भिस चिफ डा सञ्जय कार्कीले तालिम विशेषगरी हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन, स्थानान्तरण तथा उपचार प्रक्रिया सिकाइने बताए । “बिरामीलाई कसरी सुरक्षित रूपमा सार्ने, हेलिकप्टरभित्र बिरामीको उचित अवस्थिति तथा यात्राको क्रममा आवश्यक हेरचाह कसरी गर्ने भन्ने विषयमा व्यावहारिक अभ्याससहित प्रशिक्षण प्रदान गरिनेछ,” उनले भने ।
नेपालमा हालसम्म सात वटा अस्पतालमा हेलिकप्टर अवतरण गराउन ‘हेली रुफ’ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ प्रमुख डा. प्रकाश बुढाथोकीले आकस्मिक स्वास्थ्य उपचारका लागि सरकारले तालिम प्रदान गर्दै आएको बताए।
“हामीसँग १०४ चिकित्सक तथा मेडिक्समात्र तालिम प्राप्त छन् । यो सङ्ख्या बढाउन हामीले एम्बुलेन्स चालक, टेक्निसियन आदिलाई तालिम दिँदै आएका छौँ । त्यस्तै, बेसिक सर्भाइभल ट्रेनिङ पनि प्रदान गर्दै आएका छौँ,” उनले भने।
कार्यक्रममा स्कटल्याण्डका विशेषज्ञ प्रशिक्षक, स्विट्जरल्यान्ड, भारत र जापानबाट आमन्त्रित चिकित्सकले पनि सहजीकरण गर्ने जनाइएको छ । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा.उपेन्द्र महतोले यस प्रकारका तालिमले नेपालका स्वास्थ्य संस्था तथा सरोकारवालाबीच सहकार्य सुदृढ गर्दै देशको स्वास्थ्य सेवा स्तर अन्तरराष्ट्रिय मापदण्डअनुरूप उकास्ने विश्वास व्यक्त गरे।
तालिममा पूर्व–अस्पताल सेवा तथा आकस्मिक चिकित्सा सेवामा संलग्न विभिन्न अस्पताल तथा संस्थाका करिब ३० जना स्वास्थ्यकर्मी र कर्मचारी सहभागी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
-
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
-
दुई दशकदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउन पहल
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण