पश्चिम एसिया द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ
काठमाडाैँ ।पश्चिम एसियामा बढ्दो द्वन्द्व चौथो हप्तामा चलिरहदा लेबनानमा ११८ र कुवेतमा दुई सय भन्दा बढी बालबालिकाको मृत्यु भएको जनाइएको छ । रिपोर्ट गरिएका तथ्याङ्कहरूमा हिंसा जारी रहँदा प्रभावितको सङ्ख्या बढ्ने आशंका गरिएको छ । युद्ध सुरु भएदेखि हरेक दिन औसत लगभग ८७ जना बालबालिका मारिएका वा घाइते भएको युनिसेफका उपकार्यकारी निर्देशक टेड चाइबानको टिप्पणी गरेका छन्।
उनले तत्काल शत्रुता अन्त्य, नागरिक पूर्वाधारको सुरक्षा, र निर्बाध मानवीय पहुँच सुनिश्चित गर्न सम्बन्धित पक्षलाई आह्वान गरेका छन् । युनिसेफले लामो हिंसा जारी रहेमापश्चिम एसियामा गहिरो सङ्कट उत्पन्न हुने चेतावनी दिएको छ । निर्दोश बच्चाहरूको मृत्युले जनताको विश्वास कमजोर भई वैज्ञानिक क्षमतामासमेत स्थायी क्षति पुग्ने जनाइएको छ।
विनाशकारी युद्धको लगभग एक महिना बितिसक्दा तेल, इन्धन र ग्यासको मूल्यवृद्धिमा विश्व अर्थतन्त्रलाई हल्लाउदै दुरगामी प्रभाव बढाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
मध्यपूर्वमा हवाई क्षेत्र, यातायात, ढुवानी मार्ग र प्रमुख मानवीय सिमाहरुमा अवरोध र बन्दले आधारभूत सामान र औषधिहरूको उपलब्धता र मूल्यसहित मानवीय सञ्चालन र व्यावसायिक आपूर्ति श्रृङ्खलालाई असर गरिरहेको जनाइएको छ।
हर्मुजको जलक्षेत्रमा व्यापारिक जहाजहरूमा भएका आक्रमणले आधारभूत आपूर्तिको वितरणलाई खतरामा पारी खाद्यान्नको मूल्य वृद्धि र जोखिम उच्च पारेको जनाइएको छ। खाद्य सुरक्षालाई खतरामा पार्दै बजार प्रभावित भएकाले एसिया र अफ्रिकी महादेशका विकासोन्मुख देशहरूलाई सबै भन्दा बढी असर पर्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
द्वन्द्वको कुनै सैन्य समाधान नभएको कुरामा जोड दिँदै सङ्कट समाधान गर्न कूटनीतिक उपाय शान्तिपूर्ण समाधान र संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको कार्यान्वयन भएको उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण