कान्ति लोकपथमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
सारांश
- मकवानपुरको कान्ति लोकपथमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा ट्रक चालक गम्भीर घाइते भएका छन्, र उनको थप उपचार भइरहेको छ।
- वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो।
हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकास्थित कान्ति लोकपथमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्ति लोकपथ सडक खण्डमा बुधबार बिहान ट्रक दुर्घटना हुँदा वीरगन्ज महानगरपालिका–३२ बस्ने २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगन्जबाट एरियल कम्पनीको सरफ लोड गरी काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको आइचर ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो । बिहान करिब २ः५० बजे ट्रक सडक नजिकै रहेको स्थानीय ओमान सिंह तितुङको खाली घरमा ठक्कर खाई सडकबाट करिब १५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक पुस्कर बोगटीले जानकारी दिए ।
यस्तै दुर्घटनामा ट्रक चालक वीरगन्ज–३२ का ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन् । उनको हेटौडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण