तीव्र इजरायली आक्रमणका कारण लेबनानबाट सिरियामा लाखौँ मानिसहरु प्रवेश : आइओएम
काठमाडाैँ । तीव्र इजरायली आक्रमणका कारण एक लाख ३० हजार भन्दा बढी मानिसहरु लेबनानबाट सिरियामा प्रवेश को आप्रवासनका लागि संयुक्त राष्ट्रसङघीय सङ्गठन (आइओएम) ले जनाएको छ । सङ्गठनका अनुसार देशमा बढ्दो इजरायली आक्रमणको बिचमा मार्च देखि दश लाख भन्दा बढी मानिसहरु लेबनान भित्रै विस्थापित भएका छन्।
आइओएमका महानिर्देशक एमी पोपले निरन्तरको आक्रमणले कमजोर समुदायहरूमा धेरै दबाब दिइरहेको र मानवीय सङ्कठहरू बढाइरहेको उल्लेख गरेका छन् ।
उनले वर्तमान अवस्थाले आप्रवासनलाई उल्लेख्य असर गरेको बताउँदै दबाब बढ्दै जाँदा मानवीय सङ्कट गहिरिदै गएको चेतावनी दिएको छ।
आप्रवासी र आन्तरिक रूपमा विस्थापित लगायत नागरिकहरूको सुरक्षा गर्न र अन्तर्राष्ट्रिय मानवीय कानूनको पूर्ण सम्मान गर्न जोड दिँदै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयमताका साथ तत्काल समस्याको समाधान गर्न आह्वान गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण