प्रधानमन्त्री कप क्रिकेट : रोमाञ्चक खेलमा कर्णालीसँग हार्यो कोशी
सारांश
- प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशलाई कर्णाली प्रदेशले १६ रनले पराजित गर्यो।
- कोशीले १ सय ५२ रनको लक्ष्य पछ्याउँदा १३५ रनमै अलआउट भयो, दीपेश कँडेलले २६ रन बनाए।
- कर्णालीका लागि विपिन शाहीले ६३ रन बनाए भने कोशीका प्रेम कमातले ४ विकेट लिए।
वीरगन्ज । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको नवौँ खेलमा कोशी प्रदेश कर्णाली प्रदेशसँग १६ रनले पराजित भएको छ । बुधबार जनकपुरमा भएको खेलमा कर्णालीले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पछ्याउँदा कोशी ४४.४ ओभरमा १३५ रन बनाउँदै अलआउट हुन पुग्यो ।
टोलीका लागि दीपेश कँडेलले २६ रन बनाए । शिवांश बजगाईंले २३ रन तथा सुमन श्रेष्ठले २० रन जोडे । कोशीलाई सस्तोमा समेट्न दिनेश अधिकारीले घातक बलिङ गर्दै ८.४ ओभरमा ५ विकेट लिए । दिवान पुन र प्रकाश जैसीले २-२ विकेट तथा दीपेन्द्र रावतले १ विकेट हात पारे ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ३९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । टोलीका लागि विपिन शाहीले सर्वाधिक ६३ रन बनाए । त्यस्तै, विपिन रावलले ३२ रन जोडे ।
कोशीका लागि प्रेम कमातले ४ विकेट लिँदा ज्ञानेन्द्र श्रेष्ठले ३ विकेट हात पारे । सुजन थपलियाले २ विकेट तथा विपिन महतोले १ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण