बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

मन्त्री इङ्नामप्रति अर्थमन्त्री खनालको कटाक्ष– कर्मचारीको कमजोरी भट्याउन मन्त्री भइरहन पर्दैन

बुधबार, ११ चैत २०८२, १८ : ०३
बुधबार, ११ चैत २०८२

सारांश

  • अर्थमन्त्री रामेश्वर खनालले भूमि व्यवस्था मन्त्री कुमार इङ्नामको आलोचना गरेका छन्।
  • खनालले सामाजिक सञ्जालमार्फत मन्त्री इङ्नामले कर्मचारीको आलोचना गरेकोमा कटाक्ष गरे।
  • मन्त्री इङ्नामले कर्मचारीहरू भ्रष्ट भएको र सहयोग नगरेको आरोप लगाएका थिए।

काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र शहरी विकासमन्त्री कुमार इङ्नामप्रति अर्थमन्त्री रामेश्वर खनालले कटाक्ष गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत खनालले यसअघि कर्मचारीको आलोचना गरेका मन्त्री इङ्नामप्रति लक्षित गर्दै कर्मचारीका कमजोरीको बखान भट्याउन मन्त्री भइरहन नपर्ने भन्दै कटाक्ष गरेका हुन्। 

‘सार्वजनिक प्रशासन/निजामती कर्मचारीका कमजोरीको बखान भट्याउन मन्त्री भइरहन पर्दैन, यो त विगत ७० वर्षदेखि चौथो र पाँचौँ राज्य शक्तिले गरेकै छ त,’ खनालले भनेका छन्, ‘मन्त्रीको काम त त्यसलाई सच्याउने हो !’

केही दिनअघि बिदाइ समारोहमा मन्त्री इङ्नामले कर्मचारीहरू भ्रष्ट भएको र सहयोग नगरेको आरोप लगाएका थिए । सोही क्रममा उनले अर्थ मन्त्रालयले समेत दादागिरी देखाएको बताएका थिए।

छुटाउनुभयाे कि ?

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप