सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

जाँचबुझ आयोगकाे प्रतिवेदन : सरकारी अधिकारीहरूलाई कारबाही गर्न सिफारिस

बुधबार, ११ चैत २०८२, १९ : २१
बुधबार, ११ चैत २०८२

काठमाडौँ । जेनजी जाँचबुझ आयोगले जेनजी आन्दोलनमा हेलचेक्र्याइँ गरी युवाहरूको ज्यान गएको भन्दै तत्कालीन सरकारी अधिकारीहरू गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख हुत्तराज थापा र काठमाडौँका तत्कालीन सिडिओ छविराज रिजाललाई मुलुकी अपराध संहिताको दफा १८२ बमोजिम कारबाही लागि अभियोजन गर्न सिफारिस गरेको हो।

“यी पदाधिकारीहरूकै हेलचेक्र्याइँपूर्ण काम कारबाही कारणले किशोर किशोरीहरूको समेत ज्यान मर्न मराउन गएकोमा यी पदाधिकारी माथि मुलुकी अपराध संहिताको १८२(१) अनुसार कानुन बमोजिम अनुसन्धान तहकिकात गरी गराई अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गर्ने ठहर्छ,” आयोगको प्रतिवेदनमा भनिएको छ । हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने यो दफा अनुसार दोषीलाई तीन वर्षसम्म कैद र तीस हजार सम्म जरिवाना हुने व्यवस्था छ ।

“उपदफा (१) बमोजिम कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ,” अपराध संहिताको दफा १८२(२)मा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप