बालेनलाई मोदीको बधाई : मिलेर दुई देशको सम्बन्ध अझै उचाइमा पुर्याऔँ
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिए।
- मोदीले बालेनको नेतृत्वमा नेपालले प्रगति गर्ने विश्वास व्यक्त गर्दै सहकार्यको प्रतिबद्धता जनाए।
- दुई देशबीचको मित्रता र आपसी हितका लागि मिलेर काम गर्न मोदी तयार रहेको बताए।
काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नवनियुक्त प्रधानमन्त्रीका रूपमा शपथ लिएका बालेन्द्र (बालेन) शाहलाई बधाई दिएका छन्। मोदीले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै शाहलाई न्यानो बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जालमा सन्देश लेख्दै मोदीले बालेनको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वमाथि राखेको गहिरो भरोसा र विश्वासलाई प्रतिबिम्बित गरेको उल्लेख गरेका छन्। जनमतको कदर गर्दै मोदीले बालेनको नेतृत्वमा नेपालले प्रगतिको बाटो तय गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।
यसैगरी, मोदीले आगामी दिनमा नेपाल र भारतबिचको मित्रता र सहकार्यलाई थप बलियो बनाउन आफू तयार रहेको सन्देश दिएका छन्। दुवै देशका नागरिकको आपसी हित र फाइदाका लागि बालेनसँग नजिक रहेर काम गर्न आफू आतुर रहेको मोदीले आफ्नो पोस्टमा उल्लेख गरेका छन्। नयाँ प्रधानमन्त्रीसँगको सहकार्यले दुई देशबीचको ऐतिहासिक सम्बन्ध र आपसी सहयोगलाई अझै नयाँ उचाइमा लिएर जाने मोदीको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
-
कक्षा १२ को नतिजाको विश्वसनीयतामाथि प्रश्न : आन्दोलनको तयारीमा विद्यार्थी
-
म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण