बालेनलाई बधाई दिँदै रक्षाले भनिन्– उत्साहित हुनेहरूलाई निराश र शङ्का गर्नेहरूलाई उत्साहित बनाउनुहुने छैन
सारांश
- जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन शाहलाई बधाई दिइन्।
- उनले प्रधानमन्त्री बालेनलाई निराश नबनाउने विश्वास व्यक्त गरिन् र विगतका गल्तीहरूबाट सिक्न आग्रह गरिन्।
- उनले जेनजी आन्दोलनको योगदानलाई स्मरण गर्दै रचनात्मक साथ रहने बताइन्।
काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएकी छन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएकी हुन् । उत्साहित हुनेहरूलाई प्रधानमन्त्री बालेनले निराश नबनाउने र शङ्का गर्नेहरूलाई उत्साहित नबनाउने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्,‘तपाईँ आज जुन ठाउँमा पुग्नुभएको छ, त्यो सजिलै तपाईँलाई प्राप्त भएको होइन। यसमा जेनजी आन्दोलन र त्यसको मर्मले दिएको आडले ठुलो भूमिका खेलेको छ । मलाई विश्वास छ, तपाईँले यसलाई मनन गर्नुभएको छ, र आगामी दिनमा कुनै पनि निर्णय लिँदा वा काम गर्दा यस आन्दोलनमा ज्यान गुमाएका र घाइते हुनुभएकाहरूको बलिदान कहिल्यै बिर्सनुहुने छैन। विगतका समयमा जनतालाई बिर्सेर बालुवाटार र सिंहदरबारका भित्ताभित्र मात्र सीमित हुनेहरूको गल्तीबाट सिक्नुहोला। सडकको एउटा प्रतिपक्षका रूपमा हामी पनि छौँ। हामी तपाईँलाई हेरिरहेका छौँ। हाम्रो तपाइलाई रचनात्मक साथ/ खबरदारी रहिरहने छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह आज मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण