प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार : प्रदीप ज्ञवाली
शनिबार, १४ चैत २०८२, ०७ : ५८
सारांश
- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नयाँ सरकार प्रतिशोधको बाटोमा लागेको आरोप लगाए।
- पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ।
- ओली पक्राउ परेपछि एमालेले आकस्मिक बैठक बोलाएको छ।
काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नयाँ सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा अघि बढेको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।
उनले लेखेका छन्, ‘प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार । तर उसले चाहे जस्तो हुने छैन ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेर दुवै जनालाई परिसरमा लगिएको हो । ओली पक्राउ परेपछि एमालेले आकस्मिक बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका
-
मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण
-
सन्न्यासदेखि विश्वकपको सर्वाधिक गोलकर्तासम्म
-
अशोक राईले दिए नयाँ पार्टी दर्ताका लागि निवेदन
-
जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
-
हालसम्म को–को नकआउटमा पुगे ? को समूह चरणबाटै घर फर्किए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण