ओलीविनै च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू)
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विषयमा छलफल गर्न सचिवालय बैठक बसेको छ।
- एमालेले ओलीको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै देशभर प्रदर्शन गर्ने तयारी गरेको छ।
- नेता लालबाबु पण्डितले सरकार गठनको २४ घण्टा नबित्दै ओली र लेखकलाई पक्राउ गरिएको भन्दै विरोध जनाएका छन्।
काठमाडौँ । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष ओलीको गिरफ्तारीपछि पार्टीले लिने रणनीतिका बारेमा छलफल भइरहेको उपमहसचिव योगेश भट्टराईले जानकारी दिए ।
राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा अध्यक्षको गिरफ्तारी गरिएको प्रतिक्रिया दिएको एमालेले त्यसको विरोधमा देशभर प्रदर्शन गर्ने तयारी गरेको छ । शनिबार बिहानबाटै एमाले कार्यकर्ताले प्रदर्शन थालिसकेका छन् ।
_fFbjhUxSe4.jpg)
यसैबिच एमाले नेता लालबाबु पण्डितले सरकार बनेको २४ घण्टा नबित्दै अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्रिएर राजनीतिक प्रतिशोध सुरुवात गरेको बताए ।
_kWbrsr5wpN.jpg)
‘प्रतिशोधको जवाफ प्रतिवाद हुन्छ । हामी सुशासनको पक्षमा छौ, कानुनी उपचारमा जान्छौ’, नेता पण्डितले भने, ‘नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई सरकार बनेको २४ घण्टा नभइ एकैपटक पक्राउ गरिएको छ । यसको एमालेले प्रतिवाद गर्छ ।’
_ojzgmC7Wen.jpg)
उनले प्रतिशोधको राजनीतिले सुशासन होइन, द्वन्द्व बढ्ने भन्दै लुटपाट र आगजनीबाट राजनीति सुरु गरेकाले अराजकता उत्पन्न गर्नेतिर लागेको बताए । ‘त्यसैले नेपाली जनता र राजनीतिक पार्टीहरूमा प्रतिवाद गर्नुको विकल्प हुदैन । दुर्भाग्य र अशान्ति निम्त्याउँछ । राजनीतिक पार्टीले राजनीतिक प्रतिवाद गर्छन्’, पण्डितको भनाइ छ ।
_PPUDge6ZaJ.jpg)
_AiPHyYvPuA.jpg)
_d1YniaafrL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण