हिजो रोपेको विषालु बीउ आज आफैँलाई फल्यो : जेनजी अगुवा अन्सारी
सारांश
- जेनजी आन्दोलनका अगुवा माजिद अन्सारीले केपी ओली र रमेश लेखकको आलोचना गरेका छन्।
- अन्सारीले रवि लामिछानेलाई पक्राउ गरेको घटना स्मरण गर्दै अहिलेको अवस्थालाई पहिलेको परिणाम मानेका छन्।
- अन्सारीले ओली र लेखकलाई भ्रष्टाचार मुद्दा र लाल आयोगको प्रतिवेदन अनुसार कारबाही गर्न माग गरेका छन्।
काठमाडौँ । जेनजी आन्दोलनका अगुवा माजिद अन्सारीले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले हिजो आफैँले रोपेको ‘विषालु बीउ’ आज उनीहरूकै विरुद्ध फलेको बताएका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै अन्सारीले विगतमा दुई तिहाइ बहुमतको दम्भ देखाएर ओली र लेखकले रातिको अँध्यारोमा रवि लामिछानेलाई पक्राउ गरेको घटना स्मरण गराएका छन्। रविलाई ‘अन्तिम इच्छा’ सोधेर उनीहरूले जुन विषालु बीउ रोपेका थिए, अहिले त्यो उनीहरूकै विरुद्धमा फलेको र यो कुनै नौलो कुरा नभएको अन्सारीले उल्लेख गरेका छन् ।
अन्सारीले ओली र लेखकविरुद्ध लगाइएको मुद्दा अदालतमा टिक्नेमा समेत गम्भीर शङ्का व्यक्त गरेका छन्। मुलुकी अपराध संहिताको दफा १८१ र १८२ को कसुर मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ को अगाडि टिक्न कठिन हुने उनको भनाइ छ। म्याद थपमै वा थुनछेक बहसमा २५औँ दिनमा अभियोग पत्र अदालतमा पेस हुने बित्तिकै छुट्ने गरी पक्राउ गर्नका लागि मात्र पक्राउ गरिएको जस्तो नाटक हुन नहुनेमा उनले सरकारलाई सचेत गराएका छन्।
यदि सरकारले साँच्चिकै कारबाही गर्न खोजेको हो भने ओली र लेखकलाई भ्रष्टाचारका मुद्दा र लाल आयोगको प्रतिवेदनबमोजिम कारबाही गर्नुपर्ने अन्सारीको माग छ।
साथै, वर्तमान संवेदनशील अवस्थामा देशको शान्ति सुरक्षालाई गम्भीरतापूर्वक लिन गृह प्रशासनलाई आग्रह गर्दै उनले आगामी दिनमा परिपक्व कदमहरू मात्र चाल्न सुझाव दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
-
कर्णालीका ३३ पालिकाले ल्याए बजेट
-
मदन भण्डारी कप भलिबल: टिप टप न्यु डायमन्डलाई उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण