क्षेत्रीय तनाव घटाउने उच्चस्तरीय वार्ताअघि पाकिस्तानको राजधानीमा कडा सुरक्षा
सारांश
- इस्लामाबादमा इजिप्ट र टर्कीका विदेशमन्त्रीहरूको उपस्थितिमा क्षेत्रीय तनाव कम गर्न कूटनीतिक वार्ता सुरु भएको छ।
- वार्तामा इरानविरुद्ध अमेरिका र इजरायलबीचको युद्धको तनाव कम गर्ने विषय मुख्य एजेन्डा रहेको छ।
- पाकिस्तानले अमेरिका र इरान दुवैसँग सन्तुलित सम्बन्ध राख्दै कूटनीतिक मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको छ।
इस्लामाबाद । इस्लामावादमा क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले हुन लागेको उच्चस्तरीय कूटनीतिक वार्ताअघि सुरक्षा व्यवस्था कडा बनाइएको छ । आइतबार हुने वार्ताका लागि विदेश मन्त्रालय वरिपरि सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थिति देखिएको छ । यस वार्तामा इजिप्ट र टर्कीका विदेशमन्त्रीहरू इस्लामाबाद पुगेका छन् ।
वार्तामा सहभागी हुन साउदी अरबका विदेशमन्त्री पनि केही घण्टाभित्र आइपुग्ने अपेक्षा गरिएको छ । चार देशबिच हुने छलफलमा इरानविरुद्ध अमेरिका र इजरायलसँग जारी युद्धको तनाव कम गर्ने विषय मुख्य एजेन्डा रहेको छ ।
युद्ध दोस्रो महिनामा प्रवेश गर्दा यसले क्षेत्रीय ऊर्जा सुरक्षा र सीमामा प्रत्यक्ष असर पार्न थालेपछि ती देशहरू मध्यस्थताको प्रयासमा सक्रिय भएका हुन् । नेटो सदस्य टर्कीले युद्ध सुरु भएयता इरानबाट प्रहार गरिएका धेरै मिसाइल आफ्नो आकाशमा खसालिएको जनाएको छ भने साउदी अरेबियाले दैनिकजसो मिसाइल र ड्रोन आक्रमण सामना गरिरहेको बताइएको छ ।
पाकिस्तानले अमेरिका र इरान दुवैसँग सन्तुलित सम्बन्ध राख्दै कूटनीतिक मध्यस्थकर्ताको भूमिका खेलेको छ । उसले वासिङ्टनद्वारा प्रस्तावित १५ बुँदे शान्ति योजना तेहरानसम्म पुर्याएको जनाइएको छ ।
पाकिस्तानी अवकाशप्राप्त रक्षा विश्लेषक लेफ्टिनेन्ट जनरल मोहम्मद सईदका अनुसार, यी वार्ताबाट तत्काल ठोस उपलब्धि आउने अपेक्षा यथार्थपरक नहुन सक्छ । यद्यपि, गल्फ देशहरूको सन्देश पाकिस्तानमार्फत इरानसम्म पुर्याउने र सम्भावित समझदारीको आधार तयार पार्ने दिशामा छलफल केन्द्रित हुन सक्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण