बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

गुर्भाकोट घटना : मायाका ५ वर्षीय छोराको अवस्था अझै अज्ञात

आइतबार, १५ चैत २०८२, १६ : ३४
आइतबार, १५ चैत २०८२

सुर्खेत । गुर्भाकोट नगरपालिका—११ पिप्लेकी माया कठायतका ५ वर्षीय छोरा दीपक कठायतको अवस्था अझै अज्ञात रहेको छ । चैत १ गते ३८ वर्षीया माया आफ्ना छोराछोरीसहित बेपत्ता भएकी थिइन् ।

माया र मायाकी ११ वर्षीया छोरी आशाको शव भेटिए पनि छोरा दीपकको अवस्था भने अझै अज्ञात छ । चैत्र १ गते बिहान ७ बजेतिर माया छोराछोरीसहित घरबाट सम्पर्कविहीन भएकी थिइन् । मायाका श्रीमान् भूपेन्द्र कठायतले बेलुका प्रहरी चौकी गुमीमा खबर गरेका थिए ।

त्यसपछि प्रहरी र स्थानीय खोजतलासमा खटिएका थिए । त्यस क्रममा घरदेखि करिब ३ किलोमिटर पर्ने भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला परेको थियो ।

प्रहरीले उनीहरू भेरीमा बेपत्ता भएको आशङ्कासहित खोजतलास चैत्र २ गते बेलुकातिर मायाको शव लेकबेशी नगरपालिका–३ को पटारोस्थित भेरी नदीमा भेटिएको थियो ।

छोरी आशाको शव त्यसको भोलिपल्ट (३) गुर्भाकोट नगरपालिका–१३, भम्कास्थित भेरी नदीमै फेला पर्‍यो । यद्यपि छोरा दीपकको अवस्था भने अझै अज्ञात छ । 

प्रहरी र स्थानीयले खोजी कार्य जारी राखे पनि अहिलेसम्म पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले रातोपाटीलाई बताए ।

‘खोजतलास सबैतिर भयो तर, अवस्था अझै अज्ञात छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप