हिन्दू महिलामा साउने उत्साह, व्यस्त छन् इन्द्रचोकका पोते बजार ! (फोटोफिचर)
काठमाडौं–यसैपनि ग्राहकहरुको भीडभाड हुन्छ राजधानीको असन–इन्द्रचोक क्षेत्र । त्यसमाथि साउनमा महिलाहरुमा रहेको हरिया–पहेँला चुरा–पोतेको क्रेजले गर्दा यो क्षेत्रमा थप भीडभाड देखिन्छ ।
साउन लागेसँगै इन्द्रचोक र असनका गल्लीहरुमा रहेका चुरा–पोते व्यापारीहरुलाई अहिले भ्याइनभ्याई छ । उनीहरु विगतको तुलनामा साउनमा व्यापार राम्रो हुने बताउँछन् ।
साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग हुन्छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ ।
पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले फेसनका रूपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएपनि साउनका सबै दिनलाई उत्तिकै महत्वका रूपमा लिइन्छ ।
साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेमको, रातोलाई शौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ ।
तस्बिरमा हेर्नुस् इन्द्रचाेककाे पाेते बजार
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण