बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

सम्पत्ति छानबिन सम्बन्धी विषय विगतमा मैले नै उठाएको हो : प्रचण्ड

आइतबार, १५ चैत २०८२, १७ : ४१
आइतबार, १५ चैत २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री प्रचण्डले सार्वजनिक ओहदाका व्यक्तिको सम्पत्ति छानबिनको विषय उठाएको बताए।
  • उनले सरकारको निर्णयबारे अध्ययनपछि प्रतिक्रिया दिने बताए र छानबिनलाई समर्थन गर्ने जनाए।
  • प्रचण्डले प्रधानमन्त्री, कर्मचारी र अन्य निकायका व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने पहिले नै बताएका थिए।

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक ओहदामा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने विषय आफूले नै उठाएकाले अहिलेको सरकारले गरेको निर्णयप्रति आफ्नो कुनै प्रतिक्रिया नभएको बताएका छन् । संसदीय दलको बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाँकी कुरा अध्ययन गरेपछि मात्र प्रतिक्रिया दिने बताए । 

‘प्रधानमन्त्री, सरकारी कर्मचारी र राज्यका निकायमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्छ भनेर विगतमा मैले नै उठाएको हो । सरकारले छानबिन गर्न लागिएको सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्ययन गरेर मात्र बनौला । अहिलेको सरकारले कानुनसम्मत रूपमा गरेका कामबारे हाम्रो दलको समर्थन रहनेछ’, उनले भने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप