सरकारी जागिर र अनुदान उपलब्ध गराइदिने प्रलोभन देखाएको आरोपमा पक्राउ
आइतबार, १५ चैत २०८२, २० : ५१
धनगढी । कैलालीमा सरकारी जागिर लगाइदिने तथा अनुदान उपलब्ध गराइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका–२ का ३३ वर्षीय तुलाराम कोली रहेका छन्, जो हाल कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा बस्दै आएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार उनलाई प्रहरी टोलीले उनकै निवासबाट नियन्त्रणमा लिएको हो ।
हाल कोलीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार उनीविरुद्ध अहिलेसम्म विभिन्न व्यक्तिबाट ठगी गरेको भन्दै १० वटा उजुरी दर्ता भइसकेका छन् । प्रारम्भिक अनुसन्धानमा करिब १ करोड २० लाख रुपैयाँ बराबरको ठगी भएको खुलेको छ भने बाँकी विवरण अनुसन्धानका क्रममा खुल्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण