३१ वर्ष कैद तोकिएका प्रतिवादी पुनः खैरो हेरोइनसहित पक्राउ
सारांश
- लागु औषध मुद्दामा ३१ वर्ष कैद सजाय तोकिएका अन्जान राई खैरो हेरोइनसहित पक्राउ परेका छन्।
- राई जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए।
- प्रहरीले राईको गिरोहका सदस्य सुवास तामाङ र राहुल डङ्गोललाई पनि पक्राउ गरेको छ।
काठमाडौँ । लागु औषध मुद्दामा ३१ वर्ष कैद सजाय हुने फैसला भएका प्रतिवादीलाई प्रहरीले पुनः खैरो हेरोइन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका–१ घर भएका २८ वर्षीय अन्जान राई छन् । उनी जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए । प्रतिवादी राईलाई काठमाडौँ महानगरपालिका–७ बाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी दुर्गा राज रेग्मीले रातोपाटीलाई बताए ।
चैत १३ मा पक्राउ परेका राईको साथबाट प्रहरीले २५३ ग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद गरेको छ । उनीविरुद्ध यसअघि ब्युरोले ४ वटा लागु औषध मुद्दामा अनुसन्धान गरेको थियो । काठमाडौँ जिल्ला अदालतले उनलाई ३१ वर्ष कैद र ४ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो ।
राईलाई पक्राउ गरेपछि उनको गिरोहका थप दुई जनालाई पक्राउ गरिएको एसपी रेग्मीले बताए । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–४ घर भएका ३२ वर्षीय सुवास दोर्जे तामाङ र काठमाडौँको टोखा घर भएका २४ वर्षीय राहुल डङ्गोल छन् । उनीहरूको साथबाट ५२.७५० ग्राम खैरो हेरोइन बरामद गरिएको एसपी रेग्मीले बताए । आरोपीहरू विरुद्ध प्रहरीले लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसारको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण